News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको नौबहिनी र ऐरावतीमा विद्यालय सुचारु

झुलेनी डेस्क२०७८ भाद्र ७, प्यूठान
१५८० पटक
२०७८ भाद्र ७, प्यूठान

जिल्लाको नौबहिनी र ऐरावती गाउँपालिका अन्तर्गतका विद्यालयहरु सञ्चालमा आएका छन् । कोरोना भाइरस कोभिडका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा असर परेको भन्दै अभिभाबकले विद्यालय खुलाउन अनुरोध गर्दै आएका थिए । नौबहिनी गाउँपालिका अन्तर्गतका विद्यालयहरु सोमबारदेखि सञ्चालमा आएको गाउँपालिकाले जनाएको छ ।

भाद्र २ गते बसेको प्रअहरुको बैठकले विद्यालय सञ्चालन गर्न गाउँशिक्षा समितिलाई अनुरोध गरेको थियो । शिक्षा समितिले निर्णय गरेर सोमवारदेखि विद्यालय सञ्चालनमा ल्याएको नौबहिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द्र बर्माले जानकारी दिए ।
बैकल्पीक विधि अन्तर्गत पठन/पाठन सुचारु गरेको नौबहिनीका शिक्षा शाखा प्रमुख डिल्ली आचार्यले बताए ।

दाङवाङ मा.वि. ऐेरावती १ अमिलि प्यूठानमा अध्यनरत विद्यार्थी

आचार्यका अनुसार कतिपय विद्यालयले आलो/पालो कक्षा सञ्चालन गरेका छन् । कुनैले अनलाइन जुम मार्फत कक्षा चलाएका छन् । यहाँ २९ वटा विद्यालय मध्ये २ वटा संस्थागत विद्यालय छन् । नौबहिनीमा १० हजार ६ सय ३६ जना विद्यार्थी रहेको गाउँपालिकाले जनाएको छ ।
यस्तै ऐरावती गाउँपालिका अन्तर्गतका विद्यालयहरु पनि सञ्चानमा छन् । यहाँ पनि प्रधानाध्यापकहरुले विद्यालय सञ्चालन गर्न अगुवाइ गरेका छन् ।

विद्यालय व्यबस्थापन समितिको निर्णय अनुसार विद्यालयहरु सञ्चालन गर्न लगाइएको ऐरावतीका शिक्षा शाखा प्रमुख यमप्रसाद पाण्डेले बताए । कुन विधि मार्फत कक्षा सञ्चालन गर्ने भन्ने कुरा विद्यालय व्यबस्थापन समितिलाई जिम्मा दिएको पाण्डेले बताए । उनले विद्यालय सञ्चालन गर्दा हालसम्म कोभिडको कारण कुनै समस्या देखा नपरेको जानकारी दिए । ऐरावतीमा श्रावण तेस्रो सातादेखि विद्यालय सञ्चालमा आएको छ । ऐरावतीका ४१ सामुदायिक ४ वटा सस्थागत विद्यालयमा ६ हजार २ सय ७५ जना विद्यार्थी छन् ।

प्रतिकृया दिनुहोस्

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...

डाक्टर महावीर पुन प्यूठानमा

राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी...