News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

झुलेनी नेटवर्क २०८३ श्रावण ०८  गते
१९० पटक
२०८३ श्रावण ०८  गते
   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न १ सय ७७ वटा आयोजनाको नमुना परीक्षण गर्दा ७१ वटा आयोजनाको पानी अशुद्ध (इकोलाई) भेटिएको जनाएको छ ।
 कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठले कार्यालयले नमुना परीक्षण गरेर नतिजा सम्बन्धित पालिका, उपभोक्ता समितिमा पठाएको बताए । ती समस्या देखिएका योजनाहरुमा पानी शुद्धीकरणको प्रक्रिया अपनाउन सम्बन्धित पालिकामार्फत उपभोक्ता समितिलाई  लगाएको कार्यालयले जनाएको छ ।
      स्थानीय तह र उपभोक्ता समितिहरुले भने अझै खानेपानी शुद्धीकरणको प्रक्रिया अघि बढाएका छैनन् । यसमा स्थानीय तहले चासो नदिएको उपभोक्ताले गुनासो गरेका छन् ।  स्वास्थ्य कार्यालयले गत भदौ देखि असारसम्म पानीको नमुना परीक्षण गरेको थियो। खानेपानी सुरक्षा योजना र खानेपानी गुणस्तर निगरानी तथा संक्रामक रोग निगरानीसम्वन्धी अभिमुखिकरण कार्यक्रम गरेर
कार्यलयले यसबारे जार्वजनिक गरेको थियो।  कार्यालयका आुसार विश्वमा पानीजन्य रोगका कारण वर्षेनी ८ लाख २९ हजार मानिसको ज्यान जाने गरेको तथ्यांक  छ । नेपालमा वर्षेनी ३ हजार  ५ सय बालबालिकाको मृत्यु हुने गरेको छ । प्यूठानको गौमुखी गाउपालिकामा दुई वर्ष पहीले हैजाको संक्रमण देखिएको थियो ।
 जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सुवास पौडेलले पानीजन्य रोगबाट बच्न सुरक्षित पानी पिउन सचेतनामूलक कार्यक्रमको आवश्यक रहेको बताए । पानी उमालेर, फिल्टरको प्रयोग गरेर र अन्य विधि अपनाएर पानी सुरक्षीत बनाउन सकिउने उनले बताए ।
जिल्लाका सबै ९ वटै स्थानीय तहका ७१ खानेपानी योजनाहरुमा खानेपानी अशुद्ध देखिएकाले स्थानीय तह र उपभोक्ताले गम्भिररुपमा लिएर पानी शुद्धीकरणमा लाग्नुपर्ने स्वास्थ्य कार्यालय प्यूठानका तथ्याङ्क फोकल पर्सन कौशलराज वैद्यले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...