News Portal

रेडियो सुन्नुहोस्

कांग्रेस महामन्त्रीमा उठ्ने गगन थापाको घोषणा

झुलेनी नेटवर्क२०७८ भाद्र १४
८५० पटक
२०७८ भाद्र १४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा थापाले महामन्त्री पदमा उठ्ने औपचारिक रूपमा घोषणा गरेका हुन्।

‘१४ औं अधिवेशनमा म महामन्त्री पदमा उठ्ने घोषणा गर्दछु,’ थापाले भने, ‘मैले वडामै आयोजित कार्यक्रमबाटै घोषणा गरेँ। पार्टीका नेताहरू वा सञ्चार माध्यममा अन्तर्वार्ता दिएर होइन मेरै ठाउँबाट घोषणा गरेँ।’

थापा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए। उनी त्यसबेला शशांक कोइरालासँग पराजित भएका थिए।

कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...