News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्यका सुचकहरुमा सकारात्मक सुधार

दीपा पौडेल ३० भदौ २०७८
९८४ पटक
३० भदौ २०७८

स्वास्थ्य कार्यालय प्युठानले स्वास्थ्य सम्बन्धि आफ्ना मापदण्डमा सुधार आएको निश्कर्ष निकालेको छ।

स्वास्थ्य कार्यालय प्यूठानको दुई दिन सम्म चलेको बार्षिक समिक्षा गोष्ठीमा यस्तो निश्कर्ष निकालेको हो। जिल्लाको स्वास्थ्य अवस्थाको बिषयमा ब्यापक छलफल भएको स्वास्थ्य कार्यालय प्यूठानका तथ्यांक फोकल प्रसन कौशलराज बैद्यले जानकारी दिए।

आर्थिक बर्ष २०७७÷०७८ मा जिल्लामा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बिषयमा समिक्षा गरिएको हो। नौ वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य सम्बन्धि सरोकारवाला ब्यक्ति लगाएतका प्रतिनिधिहरु दुई दिनसम्म विभिन्न स्वास्थ्य सम्बन्धि मापदण्डहरुको बिषयमा छलफल गरेको हो। गत बर्षको तुलनामा सबै स्थानिय तहमा स्वास्थ्य कार्यक्रमहरुको सुचकमा सुधार देखिएको बैद्यले जानकारी दिए।

गत बर्ष २७ प्रतिशत रहेको सुत्केरी जाँच यो बर्ष बढेर ४६ प्रतिशत पुगेको छ भने ६७ प्रतिशत रहेको संस्थागत सुत्केरी बढेर ७५ प्रतिशत पुगेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै नियमित गर्भवती जाँच ५२ प्रतिशतबाट बढेर ६४ प्रतिशत पुगेको छ । यी लगायत स्वास्थ्यका सबै सुचकहरुमा सकारात्मक सुधार आएको तथ्यांकले देखाएको छ।

सबै स्थानिय तहहरुले आगामी बर्ष गर्ने कार्यक्रमहरुबारे योजना प्रस्तुत गर्दै जिल्लाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार ल्याउने गरि स्वास्थ्य कार्यालयले कार्ययोजना बनाएर अगाडि बढ्ने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिए। समिक्षा कार्यक्रममा स्वास्थ्य सम्बन्धि स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड र स्वास्थ्य सुचकको आधारमा उत्कृष्ट काम गरेको भन्दै माण्डवी गाउँपालिकालाई सम्मान गरेको छ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख केशवराज आचार्यले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरि स्वास्थ्य सुचकहरुमा बृद्धि ल्याउन उल्लेखनिय योगदान गर्ने सबै सरोकारवाला र स्वास्थ्यकर्मीलाई धन्यवाद दिए। गत आर्थिक बर्ष स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड र स्वास्थ्य सुचकको आधारमा लुम्बनी प्रदेशमा स्वास्थ्य कार्यालय प्युठान प्रथम भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...