News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्यका सुचकहरुमा सकारात्मक सुधार

दीपा पौडेल ३० भदौ २०७८
९०३ पटक
३० भदौ २०७८

स्वास्थ्य कार्यालय प्युठानले स्वास्थ्य सम्बन्धि आफ्ना मापदण्डमा सुधार आएको निश्कर्ष निकालेको छ।

स्वास्थ्य कार्यालय प्यूठानको दुई दिन सम्म चलेको बार्षिक समिक्षा गोष्ठीमा यस्तो निश्कर्ष निकालेको हो। जिल्लाको स्वास्थ्य अवस्थाको बिषयमा ब्यापक छलफल भएको स्वास्थ्य कार्यालय प्यूठानका तथ्यांक फोकल प्रसन कौशलराज बैद्यले जानकारी दिए।

आर्थिक बर्ष २०७७÷०७८ मा जिल्लामा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बिषयमा समिक्षा गरिएको हो। नौ वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य सम्बन्धि सरोकारवाला ब्यक्ति लगाएतका प्रतिनिधिहरु दुई दिनसम्म विभिन्न स्वास्थ्य सम्बन्धि मापदण्डहरुको बिषयमा छलफल गरेको हो। गत बर्षको तुलनामा सबै स्थानिय तहमा स्वास्थ्य कार्यक्रमहरुको सुचकमा सुधार देखिएको बैद्यले जानकारी दिए।

गत बर्ष २७ प्रतिशत रहेको सुत्केरी जाँच यो बर्ष बढेर ४६ प्रतिशत पुगेको छ भने ६७ प्रतिशत रहेको संस्थागत सुत्केरी बढेर ७५ प्रतिशत पुगेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै नियमित गर्भवती जाँच ५२ प्रतिशतबाट बढेर ६४ प्रतिशत पुगेको छ । यी लगायत स्वास्थ्यका सबै सुचकहरुमा सकारात्मक सुधार आएको तथ्यांकले देखाएको छ।

सबै स्थानिय तहहरुले आगामी बर्ष गर्ने कार्यक्रमहरुबारे योजना प्रस्तुत गर्दै जिल्लाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार ल्याउने गरि स्वास्थ्य कार्यालयले कार्ययोजना बनाएर अगाडि बढ्ने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिए। समिक्षा कार्यक्रममा स्वास्थ्य सम्बन्धि स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड र स्वास्थ्य सुचकको आधारमा उत्कृष्ट काम गरेको भन्दै माण्डवी गाउँपालिकालाई सम्मान गरेको छ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख केशवराज आचार्यले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरि स्वास्थ्य सुचकहरुमा बृद्धि ल्याउन उल्लेखनिय योगदान गर्ने सबै सरोकारवाला र स्वास्थ्यकर्मीलाई धन्यवाद दिए। गत आर्थिक बर्ष स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड र स्वास्थ्य सुचकको आधारमा लुम्बनी प्रदेशमा स्वास्थ्य कार्यालय प्युठान प्रथम भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...