News Portal

रेडियो सुन्नुहोस्

पहुँचवालालाई भित्रभित्रै बुस्टर डोज

झुलेनी नेटवर्क
८०६ पटक

जनसंख्याको ठूलो हिस्सा कोभिडविरुद्ध खोपको पहिलो डोजबाटै वञ्चित रहेका बेला पहुँचवालाले धमाधम बुस्टर डोज लगाइरहेको पाइएको छ । सरकारले बुस्टर डोजबारे कुनै निर्णय गरेको छैन तर केही स्वास्थ्यकर्मी, राजनीतिकर्मी र प्रशासकले बुस्टर डोज लगाउने क्रम एक सातायता तीव्र बनेको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार बुस्टर डोजका रूपमा अस्ट्राजेनेका, भेरोसेल र फाइजर खोप लगाइएको छ । ‘बुस्टर डोज वा अतिरिक्त मात्रा जे नाम दिनुस्, यो लगाउने क्रम ठूलाबडाबाटै चलेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा त खोप लिइसकेकाले पहिलो डोज लगाउन आएको भन्दै खोप लिएको समेत पाइएको छ ।’

राजधानीकै एक चिकित्सकले आफूसहित धेरैले बुस्टर डोज लगाइसकेको बताए । धेरैजसोले पहिले लिएको कोभिसिल्ड, भेरोसेललाई नै बुस्टर डोजका रूपमा ०.५ एमएल लिएको र केहीले ‘मिक्स एन्ड म्याच’ रणनीति अन्तर्गत फाइजर लिएको उनले बताए । शनिबारसम्म कुल जनसंख्याको ३७.१ प्रतिशत अर्थात् १ करोड १२ लाख ६० हजार ५ सय ४९ जनाले एक डोज र ३०.४ प्रतिशत अर्थात् ९२ लाख ४१ हजार २ सय ६१ जनाले पूर्ण खोप लगाएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पहुँचका भरमा बुस्टर डोज लगाउने क्रमलाई सरकारले तत्काल रोक लगाउनुपर्ने बताउँछन् । ‘मैले पनि यो बेथितिबारे सुनेको छु । सरकारले तत्काल नीतिगत निर्णय लिनुपर्छ । कसैले पनि पहुँचका आधारमा खोप लगाउने होइन । सरकारको नीति र प्रणालीअनुसार खोप उपलब्ध हुनुपर्छ ।’

राजधानीका केही ठूला अस्पतालका स्वास्थ्यकर्मीलाई दोस्रो डोज नलगाइएको भन्दै बुस्टर डोज दिइएको एक सरकारी अधिकारीले दाबी गरे । ‘दोस्रो डोज लगाएको छैन भन्दै राजधानीका करिब ९० प्रतिशत स्वास्थ्यकर्मी, केही नेता र कर्मचारीले बुस्टर डोज लगाइसकेका छन्,’ उनले भने, ‘यसरी खोप लिनेहरू एक लाखभन्दा बढी छन् ।’

नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले पनि घुमाउरो पाराले पहुँचवालाले बुस्टर डोज लगाएको स्वीकार गरे । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भने सरकारको नीतिबाहिर गएर कसैले बुस्टर डोज लिएको बारे आफूलाई जानकारी नरहेको बताउँछन् । ‘सरकारले कसैलाई पनि थप डोज (बुस्टर) दिएको छैन,’ उनले थपे, ‘रोग प्रतिरोधक क्षमता कम भएकाका लागि थप डोज लगाउने तयारी अगाडि बढाएका छौं ।’

आफूखुसी बुस्टर डोज लिँदा दुर्घटना निम्तिने जोखिम भएकाले सरकारले उपयुक्त नीति तत्काल सार्वजनिक गर्नुपर्ने विज्ञहरूले बताएका छन् । सरकारले खोपका बारे समयमै निर्णय नलिँदा अराजकता देखिएको उनीहरूको भनाइ छ ।

डा. मरासिनीका अनुसार ६ महिनाअघि पूर्ण खोप लिएकाको संख्या १० लाखभन्दा कम छ । ‘भण्डारणमा लाखौं मात्रा खोप छ, बुस्टर डोज दिए हुन्छ,’ उनले भने, ‘जेठसम्म दोस्रो डोज लगाएकालाई बुस्टर डोज दिँदा हुन्छ ।’ शनिबारसम्म २ करोड ९४ लाख ५३ हजार ७ सय ३० डोज खोप अनुदान एवं खरिदबाट प्राप्त भएको छ भने थप करिब साढे ३ करोडभन्दा बढी आउने क्रममा छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...