News Portal

रेडियो सुन्नुहोस्

प्यूठान बिजुवारदेखि रारासम्म

च्याङ्ग्राको सुकुटीसँग चम्पा खायौँ 

गिरु प्रसाद भण्डारी२०८२ असोज २०
३३९ पटक
२०८२ असोज २०

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण गर्ने सौभाग्य मिल्यो २०८२ साल असोज १४ देखि १८ गतेसम्म । अघिल्लो दिन बेलुका सप्तमीका दिन मात्रै रारा घुम्ने योजना बनेको थियो । गाउँघरको आँगनमा दसैको रौनकले छाइसकेको थियो । यसपालि हाम्रो परिवारमा दसैको टिका थिएन । असोज १४ गते अष्टमीका दिन बिहान ५ बजे उठेर २ जोर कपडा झोलामा हालेर तयारी भए । रारा घुम्ने वर्षौँदेखिको चाहाना पूरा हुने भएपछि मन फुरुङ्ग थियो । समाचारमा पढेको, टेलिभिजनमा हेरेको स्वर्ग जस्तो रारा पुग्ने भनेपछि बालाजु दाइको प्रस्ताव झट्टै स्विकारेर बिहानै तयार भएको थिए ।

बिजुवार भौँकाबाट ७ बजे रारा यात्राको लागि गाडीमा चढ्यौ । क्याम्पस पढ्ने बेलादेखिका साथी बालाजु श्रेष्ठ, भाउजू भावना श्रेष्ठ, छोरी आष्मा श्रेष्ठ, भाइ ध्रुव विष्ट समेतले रारासम्मको यात्राको योजना बनाएका थियौँ। बिजुवारबाट बालाजु दाइको(हाइलेक्स)गाडीमा माथिल्लो बाटो तिराम–मुर्कुटी हुँदै घोराही भएर तुल्सिपुर पुगेर खाना खायौँ । यात्राको दूरी छोटो बनाउन तिराम–घोराही–तुल्सिपुर–सुर्खेत सडक भएर जाने सल्लाह भएको थियो ।

यात्राको दूरी छोटो बनाउन तिराम–घोराही–तुल्सिपुर–सुर्खेत सडक भएर जाने सल्लाह भएको थियो ।

तुल्सिपुर खाना खाएर दाङ हापुरे–सल्यान कालीमाटी–जाजरकोट हुँदै सुर्खेत पुग्दा बेलुकाको ३ बजेको थियो । तुलसीपुर–हापुरे–कालीमाटी क्षेत्रको सडक दायाँ-बायाँ सुनका बालाझैँ झुलेको धान बाली, ग्रामीण जनजीवन लोभलाग्दो थियो । बाटो काटेको पत्तै भएन । बाटामा भावना भाउजूले दिनुभएको मिठाई खादै बाई रोडको बाटो हुइँकियौ । मिठा-मिठा गफ भए । बेलाबेलामा ध्रुव निकै हसाउथे ।

सुर्खेतमा गाडी चेक गर्न लागायाै‌  । यो समयमा  हामीलाई आराम मिल्यो । सुर्खेतबाट ३ः३० मा कर्णाली राजमार्ग हुँदै अगाडी बढ्यौँ । कर्णाली राजमार्ग अप्ठ्यारो थियो ।  बालाजु  दाइले गाडी चलाएकाले ढुक्क थियौँ । भाइ ध्रुव पनि गाडी चलाउन सक्थे । उनले चलाउनै परेन । कर्णाली राजमार्ग अन्तर्गत दैलेख तल्लो डुंगेश्वर सम्मको यात्रा मेरा लागि दोस्रो पटक थियो । उहाँहरूको पहिलो पटक भएकाले सडक बारे धेरै कुरा भए । सुर्खेतबाट अलि पर पुगेर गाडी रोकेर कर्णाली नदी नियाल्यौ । घुम्टी–घुम्टीको सडक, तल तल बिन्दा बन भित्र कलकल बग्ने कर्णाली नदी, पटक–पटक घुम्तीमा भेटिने गाडिले गर्दा बेलाबेला शरीर सिरिङ्ग–सिरिङ्ग गर्थ्यो ।

कर्णाली राजमार्ग अप्ठ्यारो थियो ।  बालाजु  दाइले गाडी चलाएकाले ढुक्क थियौँ ।

कर्णाली नदी र पहाडको पहरा फोरेर निर्माण गरिएको सडकका घुम्तीहरूसँग लुकामारी गर्दै अलि टाढैबाट पिलपिल उज्यालो देखिने कालिकोटको सदरमुकाम मान्म पुग्दा बेलुकाको ८ बजेको थियो । मान्ममा बालाजु दाइ र मैले च्याङ्ग्राको सुकुटीसँग चम्पा समेत खायौँ । केहिबेर यात्रा अवधिका रमाइला क्षणहरूको पुनर्ताजकी ग¥यौ । दिनभरि गाडीमा कुँजिएर बस्दा हुइँक्याउँदा थाकेर लखतरान परेका हामी अर्को दिन बिहान ६ बजे मात्रै उठेका थियौ ।

असोज १५ गते २ बजे दिउँसो रारा पुग्ने योजना सहित ७ बजे कालिकोटको मान्मबाट अगाडी बढ्यौ । कालिकोटकै नाग्ममा पुगेर दिउँसोको खाना खायौँ । नवमीको दिन भएकाले बाटैभरि स्थानीयले च्याङ्ग्रा काटेका भेटिन्थे ।  लाग्थ्यो दसैले जताततै छपक्कै छोपेको छ । पिली हुँदै नाग्मगाढ पुग्यौ । पिली पुग्दा १० बजेको थियो । त्यहाँ पुगेपछि वर्षे सशस्त्र द्वन्द्वको समयमा भएको पिली घटनाको स्मरण भयो । नाग्मबाट करिब डेढ घण्टापछि सिञ्जा उपत्यका प्रवेश ग¥यौ । सिञ्जाको बस्ती निकै राम्रो रहेछ । बाइसे खस राज्यको राजधानी, नेपाली भाषाको उद्गमस्थल, रातो मार्सी धान उत्पादनको मूल थलो, सिञ्जामा गाडी रोकेर कुँजिएको जिउ तन्कायौ । फोटाहरू लियौ ।  देशभर खस आर्यहरू फैलिएको पवित्र र ऐतिहासिक भूमि आँखाभरि सजाउँदै हामी गाडी चढ्यौ । चट्टान चिरेर बनेको सडक पन्छाउँदै उक्लिँदै गयौ । भुलभुलेमा बाटो नभुली घुम्चीको लेकमा पुग्दा रारा राष्ट्रिय निकुञ्जको चेक पोस्ट भेटियो । यहाँ पुग्दा  रारा आइपुग्यो जस्तो लागेको थियो । सोधेपछि थाहा भयो रारा आउन अझै धेरै ओराली र उकाली, घुम्टीहरू पार गर्नुपर्दो रहेछ । त्यहाँबाट अघि बढेर पिना गाउँ हुँदै हामी रारा ताल नजिकैको सल्लेरीमा बेलुका ५ बजे पुगेका थियौ ।

बाइसे खस राज्यको राजधानी, नेपाली भाषाको उद्गमस्थल, रातो मार्सी धान उत्पादनको मूल थलो, सिञ्जामा गाडी रोकेर कुँजिएको जिउ तन्कायौ ।

गाडी सल्लेरी होटेलमा राखेर झोला बोकी करिब २ घण्टा पैदल हिड्यौं । दिनभरको यात्राले थकाइ लागे पनि रारा ताल हेर्न हुटहुटीले २ घण्टाको पैदल यात्रा सहजै भएको महसुस भएको थियो । सिमसिम परेको पानीलाई पनि कुनै प्रवाह गरिएन । रारा तालको एक छेउमा पुग्दा झिसमिसे साँझ परेको थियो । तैपनि फोटो लिन छाडेनौ । त्यहाँबाट करिब आधा घण्टा हिँडेर राराकै छेउमा खुलेको डाँफे रिर्सोटमा थाकेका झोला बिसायौ । बेलुका रिर्सोटमा बसेर आगो ताप्दै च्याङ्ग्राको सेकुवासँग चम्पा लगाइयो । दिनभर हिँडेर थाकेको भोको ज्यानलाई मार्सी चामलको भात कम्ती स्वादिलो भएन ।  दसै बिदाको अवसर पारेर हाम्रै बाटो पीछा गर्दै आएको बुटवलको लक्ष्मण पोख्रेलको ४ जनाको जेन्जी टोली रिसोर्ट क्षेत्रभित्र ख्यालठट्टा गर्दै रमाइरहेको थियो । हामी भने समयमै सुत्यौ ।

असोज १६ गते दसैका दिन सबै जना बिहान ६ बजे नै उठ्यौ । बिहान सिमसिम पानी परिरहेको थियो । रिसोर्टमा तातो–तातो हर्बल चिया तयारी भएको थियो । चिया खाएर बिहानै मिर्मिरे उज्यालो भएपछि हामी रारा ताल हेर्न, छुन, त्यहाँबाट आनन्द लिन राराको आगनीमै पुग्यौ । उज्यालो हुँदै थियो । मौसम सफा हुँदै गयो । पानी पर्न रोकियो । सूर्यको किरणसँगै रारा तालको पानीले पनि रङ्ग फेर्दो रहेछ । तालको किनारसम्मै छचल्किँदै बेतालमा आउने छाल हेर्दा बेग्लै मज्जा आउने । समुन्द्री सतहदेखि २९७२ उचाइमा रहेको यो ताल ५ किलोमिटर लम्बाइ र झन्डै ३ किलोमिटर चौडामा फैलिएको रहेछ ।  हामी राराको सबै भाग देखिने गरी निर्माण गरिएको भियूटावरमा पुग्यौ । त्यहाँबाट रारा कम्ती सुन्दर देखिएन । सुन्दरता यस्तो बस्तु रहेछ जति हेरे पनि नअघाइने । अझै भोक लागे जस्तो हुने । विभिन्न कोणबाट रारासँग मितेरी गाँसेर, अँगालो मारेर  दर्जनौँ तस्बिर मोबाइलबाट लियौँ ।

विभिन्न कोणबाट रारासँग मितेरी गाँसेर, अँगालो मारेर  दर्जनौँ तस्बिर मोबाइलबाट लियौँ ।

हामीले रारा छेउको नेपाली सेनाको गुल्म नजिकैको विश्राम स्थलबाट पनि रारालाई हे¥यौ, नियाल्यौँ । राराको चिसो पानीमा खैरो, कालो रङ्गका  असला माछा सलबलाउँथे । रारामा करिब ६ घण्टा बितायौ । डुङ्गामा चढेर एक फेरो समेत लगायौ । दसैका दिन भएकाले डुङ्गा सवार गर्ने माझी दाइलाई साथ दिन परेको थियो । चारैतिरबाट जङ्गलले घेरिएको राराको पानीमा सयर गर्दा कम्ती रमाइलो भएन । मौसमी विवरणले १७ गतेदेखि ठूलो पानी पर्ने भनेकाले हामी हतारिँदै फर्कने निधो ग¥यौं । १६ गते रात यतै बसेर अर्को दिन रारा नजिकैको करिब दुई घण्टाको पैदल यात्राबाट पुगिने मुर्माटप पुग्ने योजना अधुरै छाड्नु प¥यो । दिउँसो १ बजे सल्लेरी फर्केर खाना खायौ ।

हामी हतारिएका थियौँ । २ बजे सल्लेरीबाट फर्कनको लागि बाटो तय ग¥र्यौ ।  त्यसै रात जुम्ला पुग्नु  थियो । अर्को दिन आफ्नै सेरोफेरो फर्कनु थियो । हतार भएकाले छोटो बाटो भुलभुलेबाट जुम्ला जाने सल्लाह भयो । बाटोबारे बुझ्यौ । बाटो ठिकै छ भन्ने भएपछि भुलभुलेबाट जुम्लाको लागि बाटो मोड्यौ ।  केही किलोमिटर यात्रा गरेपछि बाटो निकै अप्ठ्यारो भेटियो । बर्खाको भेलले ठुला–ठुला खाडल, खसेका पहिरो, साँघुरा घुम्ती जुम्ला पुग्न निकै मुस्किल प¥यो ।

केही किलोमिटर यात्रा गरेपछि बाटो निकै अप्ठ्यारो भेटियो ।

जीवनको यात्रामा  गोरेटा र राजमार्गहरू दर्जनौँ हुदारहेछन् । अप्ठ्यारो बाटो भए पनि हिँड्नै पर्दो रहेछ, घिस्रनै पर्दो रहेछ । परिस्थितिले साथ दिए दर्गुने हो । परिस्थिति भन्ने कुरो आफूले चाहेर मात्र हुने रहेनछ । संयोगले  कहिले सन्तोषको किनारमा आइपुग्नुपर्ने त कहिले कहाली लाग्दो मजधारमा । यो बाटो यात्रा गर्दा हामी कहाली लाग्दो मजधारमा पुगेजस्तो भयो । बडो मुस्कीलले बेलुका ७ बजे जुम्ला आइपुग्दा सन्तोषको किनारमा आइपुग्यौँ । युद्ध जितेको सिपाही झैँ भयौ । अर्को दिन बिहान ६ बजे नै उठेर जुम्ला बजार घुम्यौ । जुम्ला धेरै राम्रो रहेछ । यहाँको कोसेली मार्सी चामल, स्याउको सुकुटी, सिमीको दाल बोकेर ८ बजे बिहान तिला नदी बगेको दिसा तर्फ सललल् बग्ने कालोपत्रे सडक हुँदै करिब ५७५ किलोमिटर  दुरी पार गरेर घर फर्कियौ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...