News Portal

रेडियो सुन्नुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी भ्रमण वर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

बाेमबहादुर परियार२०८२ भदाै १८ गते
९२४ पटक
२०८२ भदाै १८ गते

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने भएको छ ।
गाउँपालिका भित्रका धार्मिक एवं पर्यटकिय ठाउँलाई चिनाउन नेपाल पत्रकार महासंघ प्यूठानले प्रचार प्रसार गरी भ्रमण बर्षलाई सफल बनाउन सहकार्य गर्ने भएको हो ।
गौमुखी गाउँपालिका र नेपाल पत्रकार महासंघ प्यूठानले छलफल गरी सहकार्य गर्ने निर्णय गरेकाे नेपाल  पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भन्डारीले जानकारी दिए।  जिल्लाका पत्रकार र मिडियाहरुसंग छलफल गरी भ्रमण बर्षलाई सफल पार्न सहयोग र सहकार्य गर्ने उनले बताए ।

१ लाख पर्यटक गौमुखीमा भित्राउने गरी भ्रमण बर्ष मनाउन लागिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले जानकारी दिए ।
गौमुखी गाउँपालिकाभित्र गौमुखी ,बाइसमुल झरना,झाँक्री ढु‌‍‍ङ्गा , पुजा तामाखानी, गुफा, रानीताल, गोन्द्रेचौर, लगायत पर्यटकिय क्षेत्रहरु रहेका छन् । ७ वटा वडा रहेको गौमुखी गाउँपालिकाका विभिन्न पर्यटकिय गन्तव्यलाई चिनाउने गरी पालिकाले बजेट निर्माण गरेको पालिकाले जनाएकाे छ ।
पालिकाले भ्रमण बर्षका अवसरमा पर्यटकलाई ट्रेकिङ मार्फत गौमुखीका रमणीय दृश्य अवलोकन गराउने लक्ष्य लिएको छ । स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै, भ्रमण बर्ष सफल पार्न पत्रकारहरुको भुमिका महत्वपुर्ण रहने उपाध्यक्ष रानाकाे भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...