News Portal

रेडियो सुन्नुहोस्

मसाल फुटेको फुट्यै : ८७ बर्षको उमेरमा मोहनबिक्रमको कठैबरा यो दुःख !

झुलेनी पोष्ट२०७८ पौष ८
८२५ पटक
२०७८ पौष ८

नेकपा मसाल केहि महिना अँघि फेरी फुटेको हो । अहिले पछिल्लो पटक गोविन्दसिंह थापा, सन्तबहादुर नेपाली र विमल शर्मा लगायतको नेतृत्वमा पछिल्लो तर भयानक ठूलो विभाजन भएको छ । पार्टी फुटेसँगै मोहनबिक्रम सिंह फेरी गाउँ घुम्न थालेका छन् । कैयौं पटक पार्टी फुट्दा पनि मेटिन लागेको अस्थित्व जोगाउन यो बुढ्यौलीमा सिंह गाउँभेलामा सहभागी भएको तस्बिर सार्वजनिक भएको छ ।

बुधवार दिउँसो प्यूठान नारीकोटमा भेला गरेको तस्बिर सार्वजनिक भएसँगै उनको यो बुढ्यौली उमेरमा गाउँ चाहारेको विषयप्रति नेता सूर्य थापाले ब्यङ्ग्य गर्दै आराम गर्न आग्रह गरेका छन् । नेकपा एमाले प्यूठान जिल्ला इन्चार्ज थापाले यही विभाजनको असरलाई चिर्न ८७ बर्षको उमेरमा महामन्त्री मोहनविक्रम सिंह प्यूठानमा घरदैलो र वडा भेलाहरू गर्दै हिडिरहनुभएको छ ! महामन्त्रीलाई यस्तो चटारो आफैमा नमिल्दो देखिन्छ । यस्तो दुःख किन दिएका होलान् ? उनले सामाजिक सञ्जाल मार्फत कडा टिप्पणी गरेका छन् ।

नेता सूर्य थापाले लेखेको टिप्पणी यस्तो छ ।

८७ बर्षकाे उमेरमा कठैबरा याे दु:ख !
नेकपा मसाल फेरि फुट्याे । याे कतिओैं पटककाे फुट हाे ? गनिसाध्ये छैन। २०३१ सालयता नेकपा चाैमबाट निर्मल लामा, माेहनविक्रम सिंह र माेहन वैद्यकाे नेतृत्वमा फुट भयाे । २०४२ मा पार्टी विभाजन गरी सिंह-केसीले नेकपा मसाल बनाइसकेपछि विभिन्न समयमा त्यस पार्टीबाट मणि थापा र भरत दहालकाे साथमा डाइनामिक युथ लिग, हरिबाेल गजुरेल, टाेपबहादुर रायमाझी र डा. बाबुराम भट्टराईकाे नेतृत्वमा, दिनानाथ शर्माकाे नेतृत्वमा, रामसिंह श्रीष, परि थापा र नवराज सुवेदीकाे नेतृत्वमा तथा डिलाराम आचार्य र गिरिधारीलाल न्याैपानेहरूकाे नेतृत्वमा पटकपटक विभाजन भएकाे इतिहास छ ।
र,अहिले गाेविन्दसिंह थापा, सन्तबहादुर नेपाली र विमल शर्मा लगायतकाे नेतृत्वमा पछिल्लो तर भयानक ठूलाे विभाजन भएको छ। यस पटककाे विभाजनमा केही महत्त्वपूर्ण र सही कारण एवं विश्लेषण छन्।
यही विभाजनकाे असरलाई चिर्न ८७ बर्षकाे उमेरमा महामन्त्री माेहनविक्रम सिंह प्यूठानमा घरदैलाे र वडा भेलाहरू गर्दै हिडिरहनुभएकाे छ! महामन्त्रीलाई यस्ताे चटारो आफैमा नमिल्दो देखिन्छ। यस्ताे दु:ख किन दिएका हाेलान् ?
कुरा यत्ति हाे कि दक्षिणपन्थी राजनीति र पारिवारिक क्लबमा परिणत पार्टीको आजकाे स्थितिप्रति हामीलाई केही भन्नुु छैन।
याे स्वभाविक हाे । यस विभाजनमा कथित पाँच टुक्राहरूकाे गठबन्धनमा सहभागी राष्ट्रिय जनमाेर्चाकाे एक बर्षयता जारी अराजनीतिक, स्वार्थी र जनादेशविपरित परमादेशकाे पक्षधरताप्रति तमाम प्रश्न उठाएर त्यसकाे खिलाफमा भएको विभाजन सही र जायज छ।
हुन त २०१० सालअघि माेहनविक्रम सिंह मातृकाप्रसाद काेइरालाकाे राष्ट्रिय प्रजा पार्टी र त्यसअघि नेपाली काँङ्ग्रेसमा हुनुहुन्थ्यो । ६७ बर्षपछि उहाँको राजनीति २०१० अघिकै सेराेफेराे पुगेकोमा चाहिँ आश्चर्य लाग्छ। उग्रवामपन्थी राजनीतिकाे पतन दक्षिणपन्थमा पुगेर हुने उहाँकाे प्रशिक्षण लिएकाहरूलाई त थप केही संझाइरहनु नपर्ला नै।
२०७४ काे आम निर्वाचनमा माेहनविक्रम सिंह वामपन्थी मत, मुख्यतः नेकपा एमालेकाे सहयाेगमा आफ्नी श्रीमती दुर्गा पाैडेललाई प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित गर्ने गठबन्धनमा हुनुहुन्थ्यो र प्यूठानमा स्वयं चुनाव प्रचारप्रसारमा यसैगरी सक्रियताका साथ लाग्नुभएको थियाे। तर त्याे विश्लेषण र गठबन्धनकाे घाेषणाविपरित नेकपा एमालेकाे सरकार ढाल्न प्रयाेग भएर यतिखेर देउवा सरकारकाे नि:शुल्क सारथि र बैशाखी बन्दै उहाँकै नेतृत्वमा वामपन्थी जनमतलाई विश्वासघात गरिएको छ।जनतामा जानुलाई कथित प्रतिगमन भन्ने भ्रान्त विश्लेषणकाे शिकार नेकपा मसाल बनेकाे छ। यही गलत राजनीतिविरूद्द समेत पछिल्लो याे फुट भएको छ। खासमा राजनीति बेठीक हुँदा नै सबै चिज बेठीक हुने हाे। पार्टी न यसरी फुट्छ नै, कार्यकर्ता र जनताले पनि छाड्छन्। यही भएको हाे।
यति धेरै पटक विभाजन भएर अस्तित्व रक्षाकाे संकटमा गुज्रिरहेकाे समूह अब किमार्थ जाेगिने स्थिति छैन। पुष्पलालले संयुक्त जनआन्दाेलनकाे नीतिअन्तर्गत नेपाली काँग्रेससँग सहकार्य गरी पञ्चायत फाल्न जाेड दिनुहुँदा ‘गद्दार पुष्पलाल’ लेख्नुहुने आनन्दबहादुर क्षेत्री उर्फ माेहनविक्रम सिंहलाई आज आफू र आफ्नाे समुहकाे कम्युनिस्टविराेधी र देउवापरस्त साेंचाइ, नीति र व्यवहार स्वयंलाई कस्ताे लागिरहेकाे हाेला ?
नेपालकाे कम्युनिष्ट आन्दाेलनमा हामीजस्ता पछिल्लो पिढींका कार्यकर्ताहरू कामरेड माेहनविक्रम सिंहकाे याे हविगत दु:खदायी छ। हुन त उहाँको महामन्त्री पदकाे जिम्मेवारी नै मेराे सिंगाे जीवन बराबरी अर्थात ४७ बर्ष पुगेकाे छ। तर असफलता, विभाजन र एक्लाेपन – अब उहाँको परिचय भएको छ।
व्यक्तिगत र मानवीय रूपमा म उहाँलाई अनुराेध गर्न चाहन्छु- पुसकाे चिसाेमा आफ्नाे राम्राे ख्याल गर्नुस, आराम गर्नुस र समुहस्वार्थकाे राजनीतिबाट अब सन्यासकाे घाेषणा गर्नुसर हामी सबैकाे साझा सम्मानकाे पात्र बन्नुस। तपाईंको नेतृत्वमा क्रान्ति भएन, परिवर्तनकाे नेतृत्व गर्न सक्नुभएन, राष्ट्रकाे समृद्धि र जनताकाे जीवनमा खुशियाली ल्याउन त संभव भएन । अब याे वास्तविकता त स्वीकार्नुस। स्वीकार्न अप्ठ्यारो परेकाे वस्तुगत यथार्थ यही हाे।
ओखरकाेटमा नयाँ घर बनाउनुभएकाे थाहा पाउँदा खुशी लागेकाे छ। बरू त्यहीं भेट गर्न बाेलाउनुस। तपाईंका कुरा सुन्न र भेट्न चाहनेहरू आइहाल्छन्। यसाे गर्नु नै उपयुुक्त हाेला।
झिमरूकका अध्यक्ष तिलक जिसीजी यसाे गरे कसाे हाेला?
प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...