News Portal

रेडियो सुन्नुहोस्

३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार, आठ जना पक्राउ

झुलेनी नेटवर्ककाठमाडौं, पुस १४
६४१ पटक
काठमाडौं, पुस १४

काठमाडौं–२६ मित्रनगरस्थित नयाँ बसपार्कमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक बलात्कार भएको हो।

महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।

मंगलबार राति र बुधबारसम्ममा काठमाडौंका विभिन्न ठाउँबाट बलात्कार आरोपीलाई पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

बलात्कारमा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक मैनालीले बताए।

‘बसपार्कको एउटा गेष्ट हाउसमा लगेर महिलालाई बलात्कार गरिएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो,’ मैनालीले भने।

सुरूमा बलात्कार घटनाबारे प्रहरी प्रभाग नयाँ बसपार्कमा सूचना पुगेको थियो। त्यसपछि प्रहरी वृत्त महाराजगन्ज, परिसर र अपराध महाशाखाको टोली अनुसन्धानमा जुटेको थियो।

महिलाको स्वास्थ्य परीक्षण गरिएको र उनको स्वास्थ्य सामान्य रहेको मैनालीले बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...