News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : माण्डवीले थाल्यो फोहोर उठाउन

झुलेनी नेटवर्क२०७८ पुष १५, प्यूठान
८६९ पटक
२०७८ पुष १५, प्यूठान

माण्डवी गाउँपालिका प्यूठानले फोहोर उठाउने काम थालेको छ । गाउँपालिकाको बजार क्षेत्रमा फोहोर उठाउन थालेको हो । गाउँपालिकाले फोहोर उठाउन थालेको करिब २ हप्ता पुगेको छ ।

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका क्षेत्रका बजारवासीले बजार क्षेत्र सरसफाइका लागि सुझाव दिएका थिए । सोहि सुझाव बमोजिम कार्यान्वयन गर्ने प्रतिवद्धता बमोजिम पालिकाले सरसफाई अभियानसँगै फोहोर उठाउन थालेको हो ।

गाउँपालिकाको प्रयोजनका लागि खरिद गरीएको ट्याक्टरबाट पालिकाले फोहोर उठाउन थालेको हो । गाउँपालिका क्षेत्रको देविस्थानदेखि जस्पुर बजारसम्म फोहोर उठाउँदै आएको छ । हरेक १ दिन अन्तरमा पालिकाले बजार क्षेत्रमा फोहोर उठाउँदै आएको हो । गाउँपालिका मध्ये फोहोर उठाउने कार्य गर्ने माण्डवी गाउँपालिकावासी खुसी भएका छन् ।

जिल्लाका अन्य गाउँपालिकाले फोहोर उठाउन भनेपनि अहिलेसम्म कसैले पनि कार्यान्वयन गरेका छैनन् । केहिँले सुरु गरेको भएपनि निरन्तरता दिएका छैनन् । निर्वाचित जनप्रतिनिधि महँगा गाडीमा सवार हुने गरेपनि माण्डवी गाउँपालिकाले थालेको यो अभियानमा सबैले पाठ सिक्नु आवश्यक देखिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...