News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : माण्डवीले थाल्यो फोहोर उठाउन

झुलेनी नेटवर्क२०७८ पुष १५, प्यूठान
११४० पटक
२०७८ पुष १५, प्यूठान

माण्डवी गाउँपालिका प्यूठानले फोहोर उठाउने काम थालेको छ । गाउँपालिकाको बजार क्षेत्रमा फोहोर उठाउन थालेको हो । गाउँपालिकाले फोहोर उठाउन थालेको करिब २ हप्ता पुगेको छ ।

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका क्षेत्रका बजारवासीले बजार क्षेत्र सरसफाइका लागि सुझाव दिएका थिए । सोहि सुझाव बमोजिम कार्यान्वयन गर्ने प्रतिवद्धता बमोजिम पालिकाले सरसफाई अभियानसँगै फोहोर उठाउन थालेको हो ।

गाउँपालिकाको प्रयोजनका लागि खरिद गरीएको ट्याक्टरबाट पालिकाले फोहोर उठाउन थालेको हो । गाउँपालिका क्षेत्रको देविस्थानदेखि जस्पुर बजारसम्म फोहोर उठाउँदै आएको छ । हरेक १ दिन अन्तरमा पालिकाले बजार क्षेत्रमा फोहोर उठाउँदै आएको हो । गाउँपालिका मध्ये फोहोर उठाउने कार्य गर्ने माण्डवी गाउँपालिकावासी खुसी भएका छन् ।

जिल्लाका अन्य गाउँपालिकाले फोहोर उठाउन भनेपनि अहिलेसम्म कसैले पनि कार्यान्वयन गरेका छैनन् । केहिँले सुरु गरेको भएपनि निरन्तरता दिएका छैनन् । निर्वाचित जनप्रतिनिधि महँगा गाडीमा सवार हुने गरेपनि माण्डवी गाउँपालिकाले थालेको यो अभियानमा सबैले पाठ सिक्नु आवश्यक देखिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...