News Portal

रेडियो सुन्नुहोस्

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई नबिर्साैँ

चक्र चन्द२०७८ पुष २७, गुल्मी
९८४ पटक
२०७८ पुष २७, गुल्मी

स्वाभिमानी नेपालीहरुले बिर्सनै नसक्ने र गौरव गर्नुपर्ने एक महत्त्वपूर्ण नाम हो पृथ्वीनारायण शाह । पृथ्वीनारायण शाहको जन्म आजभन्दा करिब ३०० वर्ष पहिले सन् १७७९ पौष २७ गते गोर्खामा भएको थियो । उनले आफ्नो जिवनकालमा चारैतिर छरिएर रहेका स– साना राज्यहरुलाई मिलाएर एउटा बिसाल नेपाल राज्यको निर्माण गरे । नेपालको सिमाना पुर्वमा टिष्टा देखि पश्चिममा काँगडा सम्म पुर्याउने अभियानको सुरु गरे । त्यतिमात्रै नभएर उनले जनताहरुको लागी महत्त्वपूर्ण दिव्य उपदेश समेत दिएका छन् । पृथ्वीनारायण शाह आज हामी बीच नरहे पनि नेपाल र नेपालीको निम्ति बिर्सनै नसक्ने गुन लगाएर गएका छन् । हामी उनैले खनेको जग र आर्जेको मुलुकमा गर्व साथ बस्न पाईरहेका छौँ । जतिबेला नेपाल छिन्न भिन्न र टुक्रा– टुक्रा अवस्थामा बाईसे चौविसे राज्यमा विभाजित थियोे सयौं फूलका थुङाँ गाँसेर एउटा सिङ्गो माला बनाए जस्तै गरि उनले सबै राज्य रजौटाहरु लाई एकीकृत गरि बिसाल नेपालको निर्माण गर्न सफल भए । यसैले उनलाई नेपाल एकीकरणका मुख्य अभियान्ता र राष्ट्र निर्माता मानिन्छ । सायद पृथ्वीनारायणले नेपाल एकीकरण नगरेका हुन्थे भने आज हामी यसरी नेपाली भनेर गौरव गर्न पाउने थिएनौं अरु कुनै देशको अधिनमा रहन्थ्यौँ होला ।

पछिल्लो समय देशको नेतृत्वकर्ताहरुले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सेको भनेर चौतर्फी आलोचना सुरु भएको छ । हुनपनी सरकारको नेतृत्व गर्नेहरुले पृथ्वीनारायण शाहको सम्मानमा दिँदै आईएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको बिदा कटौती गर्नुले पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको योगदान सरकारले बिर्सेको होकि भन्ने जो कोहीलाई लाग्नु स्वाभाविकै हो । के पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर गल्ती गरेका थिए..? होइन भने विश्व ईतिहाँसमा विभिन्न देशहरुको एकीकरण गरेका योद्धाहरुको प्रशंसा र सम्मान भैरहँदा हामी किन उनको योगदानको कदर गर्न हिच्किच्याई रहेका छौँ.. ? यसरी नेपाल एकीकरण गर्ने महान योद्धाको योगदान नेपालीले भुल्दै जानु अत्यन्तै दुःखद कुरा हो । पृथ्वीनारायण शाह राजा मात्रै होइनन् उनी राष्ट्र निर्माता हुन । गणतन्त्र आउनुभन्दा पहिले सम्म सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हरेक वर्ष पुस २७ गतेका दिन सार्वजनिक बिदा दिएर मनाउँदै आएको थियो तर दुर्भाग्य मान्नुपर्छ गणतन्त्र आएपछि सरकारले त्यो बिदा नै हटाइएको छ । यसले नेपाल एकीकरण गर्ने महान योद्धा पृथ्वीनारायण शाहको अवमूल्यन भएको देखिन्छ । सरकारले अनावश्यक बिदा थप्दै जानू तर पृथ्वी जयन्ती जस्तो महत्त्वपूर्ण दिनको बिदा कटौती गर्नु अत्यन्तै खेदजनक कुरा हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिकले उल्लासपुर्ण तरिकाले मनाउन पाउनु पर्छ । विश्वका अन्य मुलुकहरूमा राष्ट्र एकीकरणका नायकहरुलाई सम्मान गरिएको गौरवपुर्ण ईतिहास छ । चिनका सम्राट “ छिन शिह ह्वाङ ति,माओत्सेतुङ,जर्मनीका राजनेता ओटो फन बिस्मार्क,ईटलीका जनरल जिउसेप्पी,भिक्टर ईम्मानुएल,मस्कोका महाराजकुमार “ईभान द टेरिबल,यी जार,भारतमा महात्मा गान्धी लगायत लाई उनीहरुको योगदानको कदर गर्दै ती देशहरुमा सम्मान गरिदै आईएको छ । विश्वको यो प्रचलन नियाल्दा राष्ट्र निर्माताहरुको सम्मान स्पष्ट पारेको छ । नेपाल एकीकरणसँगै नेपालको नाम र पहिचान अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहाको ईतिहाँसनै मेटाउने,बदनाम गर्ने वा अवमूल्यन गर्ने काम स्वाभिमानी नेपालीलाई किमार्थ सैह्य हुँदैन ।

आजको विश्व परिवेशमा पृथ्वीनारायण शाह जस्ता वीर,साहसी, पराक्रमी र दूर दृष्टि भएका नेताको महत्त्व थप बढेर गएको छ । देश भित्र वा बाहिर शक्तिको लडाइँ चलिरहेको छ । राष्ट्र र राष्ट्रिय एकताको लागी केहि त्याग गरौं भन्ने भावना र मानसिकता अहिलेको नेतृत्वमा भएको देखिदैन । शक्ति राष्ट्रहरु बीच चल्दै आएको शितयुद्द र भुराजनितिक जटिलताको बीच नेपालमा राष्ट्रिय एकता थप मजबुत बनाउन आवस्यक देखिन्छ । यहाँ राजतन्त्र र गणतन्त्रको सवालको प्रश्न होइन राष्ट्रिय एकताका प्रतीकको कुरा छ । पृथ्वीनारायण शाह नेपाल एकीकरणका संवाहक हुन,जननी हुन । नेपालीका सान हुन । उनी राष्ट्र निर्माता हुन त्यसैले उनको तुलना अरु कसैसँग गर्न सकिदैन । फरक बिचारहरुलाई लिएर फरक मत राख्न त पाईन्छ तर राष्ट्र निर्मातालाई मान्दैन,चिन्दैन भन्न पाईदैन । देशको लागी सिन्को भाँच्न नसक्नेहरुले अहिले पृथ्वीनारायण शाहको विरोध गरेको देखिन्छ तर त्यो कदापि राम्रो होइन । पहिले आफुले राष्ट्र र राष्ट्रियताको निम्ति त्याग गर्नसक्नुपर्छ अनिमात्रै आलोचना गरेको सुहाउँछ होइन भने खोक्रो आलोचना र राष्ट्रवादले पृथ्वीनारायणको उचाई घट्दैन बरु बढ्छ । खासगरि कुनै पनि देश निर्माणका खम्बाहरुलाई जुन देशमा बेवास्ता गरिन्छ नि बिखण्डनकारीहरु सलबलाउन थाल्छन् । यस्का प्रमाणहरु बिश्वका विभिन्न देशका इतिहास साँची छन । को राष्ट्रबादी भन्ने कुरा चर्का भाषणले होइन कर्मले निर्धारण गर्दछ । पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको योगदान कसैले नभुलौ । हाम्रा गौरवपुर्ण इतिहासलाई सम्मान गर्दै बचाई राख्नु नै सच्चा नेपाली को धर्म हो । अन्तमा सम्पुर्ण नेपालीहरुमा पृथ्वी जयन्तीको हार्दिक शुभकामना ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...