News Portal

रेडियो सुन्नुहोस्

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि

तेजेन्द्र बि. एम.२०७८ फागुन ४
५३६ पटक
२०७८ फागुन ४

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार,यातायात विद्यालय बन्द छन । मंगलबार ५ कम्यूनिष्ट पार्टी र १ मोर्चाको संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेको थियो ।

बन्दको प्रभाव संगै प्युठानबाट छुट्ने लामो दुरिका गाडि तथा छोटो दुरिका कुनैपनि गाडिहरु चलेका छै्रनन् । एम्बुलेन्स, तरकारीका गाडि,छोटो दुुरिमा चल्ने बाइक तथा स्कुटी भने फाट्टफुट्ट चलेका छन् । प्यूठानको व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुम्रिका पसलहरु पनि खुलेका छैनन् । बिहानै देखि सुरक्षाकर्मीहरु ठाउँठाउँमा स्कटिङमा खटिरहेका छन् ।

एम सि सी सदनबाट पास हुन नदिन नेपाल बन्दको आवाहान गरेको विज्ञप्तीमा उल्लेख छ । बन्द सफल पार्नका लागि एमसिसीको विरोधका लागि आज बिहान १० बजे जुम्रि बजारमा सडक संवाद कार्यक्रम आयोजना गरिएको युवा संघ लुम्वीनी प्रदेशका संयोजक आकासले बताएका छन ।

विप्लप नेतुत्व नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त जनगनतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्व नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी यि ६ दलले नेपाल बन्दको आह्वान गरेको हो । बुधबार बोलाइएको संसद बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेवुल गर्ने र पारित गर्ने प्रयास गरेको भन्दै बन्दको आह्वान गरिएको छ ।

बन्दमा अहिले सम्म कुनै किसिमको घटना नभएको र समस्यामा परेका यात्रुहरुका लागि स्कटिङको व्यवस्था गरी गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाले झुलेनी पोष्टलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...