News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

झुलेनी नेटवर्क२०८२ असार २०
६३७ पटक
२०८२ असार २०

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका छन् । प्रदेश सरकारबाट जिल्लामा २ अर्ब बढि रकम विभिन्न योजनाका लागि छुट्टिएको दावि गरे ।

नेपाल पत्रकार महासंघ प्यूठानको आयोजनामा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्रि थापाले जिल्लाको विकासका लागि सबै पक्षसंग सहकार्य गर्न आफु तयार रहेको बताए ।

जिल्लाका सवै सांसदहरुको पहलमा उक्त बजेट परेको भन्दै मन्त्रि थापाले परेको बजेटलाई परेको भन्नुपर्ने बताए । जिल्लाको मुहार फेर्न आफुले हरसंभव प्रयास गर्ने बताउँदै मन्त्री थापाले पद गौण भएको र पदमा रहेर गर्ने काम मुख्य रहेको बताए ।

निर्माण सम्पन्न हुन बाँकी आयोजनाको विषयमा पत्रकारको प्रश्नमा जवाफ दिदै थापाले निर्माणाधिन योजनाहरु छिटै सम्पन्न हुने बताए ।

नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्मा, झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, भुमि समस्या समाधान आयोगका अध्यक्ष सुवास केसी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन वासुदेव गिरीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...