News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी २ मा एक दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर सम्पन्न

सुजाता थापा क्षेत्री२०७८ फागुन ११ प्यूठान
३११ पटक
२०७८ फागुन ११ प्यूठान

सरुमारानी गाउँपालिका २ मा एक दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर मंगलबार सम्पन्न भएकाे छ ।

सरुमारानी गाउँपालिका वडा नं.२ को तमु ल्होसार मञ्चमा संचालन गरिएको शिविरबाट १ सय २८ कृषकले लाभ लिएका छन । उनीहरुको ३ हजार ४ सय २२ पशुपंक्षीको समस्या अनुसारको औषधी उपचार र ७ वटा कुकुरलाई रेबिज रोग विरुद्ध खोप दिएको सरुमारानी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख केशब गिरीले बताए। गाउँपालिकाको आ.व. २०७८/०७९को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु स्वास्थ्य घुम्ती शिविर संचालन भएको हो । अहिले सम्म गाउँपालिका भित्रका ५ वटा वडाहरुमा शिविर सम्पन्न भईसकेको छ भने बाँकी रहेको वडा नं ३ को सजिकोटमा फागुन १२ गते संचालन हुने भएको छ ।

विशेष गरि पशु सेवा शाखाको पहुँचबाट टाढा रहेका पशुपंक्षीपालक कृषकहरुको पशुपंक्षीमा देखिने समस्याहरुको समाधान गरि उनीहरूको क्षेती न्यूनीकरण गरी उत्पादन वृद्धि गर्ने उदेश्यले शिविरको आयोजना गरिएको प्रमुख गिरीले बताए । उक्त शिविरबाट पशुपंक्षीको आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध औसधी वितरण, सम्पुर्ण रोग तथा समस्याहरुको उपचार, बन्ध्याकरण, कुकुरलाई रेबिज विरुद्ध खोप, बाजोपनको उपचार र पशुपंक्षीपालन सम्बन्धी परामर्श सेवाहरु दिदै आएको गिरीले बताए ।

प्रतिकृया दिनुहोस्

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गयो

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गएको छ । माण्डवी गाउँपालिका २ मर्कावाङका ६० बर्षिय...

माछा मार्न खोलामा गएका एक पुरुषको डुबेर मृत्यु

प्यूठानमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । सोमवार साँझ...

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम बरौलामा भएको छ । सोमबार ऐरावती...

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित

मौसम प्रतिकुलताका कारण पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित गरिएको छ ।...

सहकारीबाट करिब डेढ लाख नगद चोरी

लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ । मल्लरानी ३ सालठाटी स्थित...