News Portal

रेडियो सुन्नुहोस्

सरुमारानी गाउँपालिकामा घरमै गई प्रसुती जाँच

सुजाता थापा क्षेत्री२०७८ फागुन १३, प्युठान
१३१९ पटक
२०७८ फागुन १३, प्युठान

सरुमारानी गाउपालिका प्यूठानको आयोजनामा घरमै गई उत्तर प्रसुती जाँच कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । यो कार्यक्रम आ.व. २०७७/७८ देखि नेपालका सबै स्थानिय तहमा संघीय सरकारबाट लागु भएको थियो । सुत्केरी भएको २४ घण्टा भित्र, ३ दिन र ७ दिनमा संस्थागत सुत्केरी तथा घरमै हुने सुत्केरी दुवैलाई यो सेवा दिइदै आएको छ ।

ग्रामीण क्षेत्रमा सुत्केरी भई भौगोलिक समस्या, भर्खरको सुत्करी अवस्थामा घरबाट बाहिर निस्कनु हुदैन भन्ने परम्परागत मान्यता, लगायत विविध कारणले स्वास्थ्य संस्थामा जाँच गर्न आउन नसक्नेहरुका लागि स्वास्थ्यकर्मीबाट घरमै गई उत्तर प्रसुती जाँच गर्ने गरीएको सरुमारानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमझीले बताए । उहाँका अनुसार आमा र नवजात शिशुलाई हुन सक्ने जटिलटाहरु समयमै पत्ता लगाई मातृ तथा नवजात शिशु मृत्यु दर घटाउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।

समिक्षा कार्यक्रममा गाउँपालिका अन्तर्गत ६ वटै वडामा रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले प्रदान गरेको उत्तर प्रसुती जाच, सेवा प्रदान गर्दा आई परेका प्रमुख समस्या र यस कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिने विविध विषयमा छलफल भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा हाल सम्म सरुमारानी गाउँपालिकामा प्रोटोकल अनुसार ३ पटक नै उत्तर प्रसुती जाँच गर्नेहरुको संख्या १ सय ६३ जना रहेका छन् । यस कार्यक्रममा स्वास्थ्यकर्मीले घरमै प्रसुती जाँच गरे बापत प्रोत्साहन रकम पनि गाउँपालिकाबाट प्रदान गरिदै आएको छ ।

कार्यक्रममा गाउपालिका अन्तरगत रहेका ६ वटा स्वास्थ्य संस्थालाई सो सम्बन्धी अत्याबश्यक उपकरण, सामाग्री सहितको झोला समेत प्रदान गरिएको नर्सिङ प्रमुख इच्छा बुढाले बताउनुभयो । कार्यक्रममा सम्पूर्ण स्वास्थ्य संस्थाबाट संस्था प्रमुख तथा PNC home visit मा संलग्न नर्सिङ्ग स्वास्थ्यकर्मी समेतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...