News Portal

रेडियो सुन्नुहोस्

ऐरावती गाउँपालिका बरौला प्यूठानको दशौ गाउँसभा सम्पन्न 

सुजाता थापा क्षेत्री२०७८ फागुन २६, प्युठान
१०९१ पटक
२०७८ फागुन २६, प्युठान

जिल्लाको ऐरावती गाउँपालिकाको दशौ गाउँसभा आज विहिबार ऐरावती गाउँपालिका बरौलामा सम्पन्न भएको छ ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षतामा भएको गाउँ सभाबाट ४ वटा ऐन पारित भएका छन ।विद्यायक समितीका संयोजक भरत खड्काले गाउँसभामा उक्त ऐन पेस गर्नुभएको थियो । पारित भएका ऐनअन्तर्गत स्वास्थ्य तथा सरसफाई ,स्वास्थ्य, कृर्षि र वन ऐन रहेका छन । त्यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध बस्नेतले आ व ०७८/०७९ काे आर्थिक ऐन संसोधन सहित गाउँसभामा पेस गर्नू भएको थियो । उक्त ऐन गाउँसभाले पारित गरेको छ।
दशाै गाउँ सभालाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले अाफुहरु ५ बर्षकाे लागि चुनिए पनि एेरावतिमा बिकासकाे जग बसाल्न सफल भएकाे बताउनु भएकाे छ। साथै उहाँले एेरावतिकाे बिकास निर्माण र अन्य हरेक गतिविधिहरु सञ्चालन गर्दा अागामि दिनहरुमा पनि हातेमालाे गरेर कार्ययाेजना बनाउने बताउनु भयाे।मितव्ययी र शुशासन युक्त गाउँपालिका िनर्माण गर्नकाे लागि अध्यक्ष शाहले जनप्रतिनिधि र कर्मचारीहरुलाई अनुराेध समेत गर्नु भएकाे छ।
उहाँले गाउँपालिकामा कानुनी अड्चनका कारण राेकिएकाे झिमरुक बिजुली लिफ्ट अायाेजनाकाे काम सुचारु हुने समेत जानकारी दिनु भयाे।
गाउँपालिकामा हाल सम्म कुल बजेट मध्ये ३३.८ प्रतिशत बजेट मात्र खर्च भएकाे गाउँपालिकाले जानकारी दिएकाे छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...