News Portal

रेडियो सुन्नुहोस्

नेपाल पत्रकार महासंघ स्थापना दिवसको अवसरमा रक्तदान

तेजेन्द्र बि.एम.२०७८ चैत १६ प्यूठान
७३२ पटक
२०७८ चैत १६ प्यूठान

नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । पत्रकार महासंघ प्यूठानको आयोजनामा संचालित प्रभातफेरी तथा रक्तदान कार्यक्रममा सहभागी जिल्लाका ७ जना पत्रकारहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र विजुवार प्यूठानमा रक्तदान दिएका हुन ।

जिल्लाका पत्रकारहरुले जुम्री देखी विजुवारको मित्रमणी चोक सम्म ¥याली निकालेर प्यूठान अस्पतालमा कोणसभा गरेको हो । कोणसभालाई सम्बोधन गर्दै जिल्ला पत्रकार महासंघ प्यूठानका संस्थापक अध्यक्ष खुम बहादुर थापाले जिल्लामा कृयाशिल पत्रकारहरुले दुखी, गरिब तथा असहाय, अपाङ्ग र पिछडिएका वर्गहरुको विषयमा कलम चलाउन महासंघले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका छन ।

त्यस्तै पूर्व अध्यक्ष इमानसिंह भारतीले श्रमजिवी पत्रकारहरुको उचित मुल्याङ्कन र व्यवस्थापन गरी पत्रकारिता क्षेत्रमै स्थापित गर्न महासंघले उचित कदम चाल्नुपर्ने बताएका छन ।

त्यस्तै पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले पत्रकारहरुले कलमकै माध्यमबाट धेरैको ज्यान बचाउन र उद्वार गर्न सफल भएको तर पत्रकारहरु विरामी भएर आर्थिक अभावले अस्पतालको बेडमा छट्पटाउदै गर्दा ज्यान गुमाउन सम्म पुग्छ, यस्ता समस्या आज मात्र नभई हिजो देखिकै समस्या भएको भन्दै नेपाल पत्रकार महासंघले यसलाई गम्भिरता पूर्वक ध्यान दिनुपर्ने बताए ।

कोणसभालाई समापन गर्दै जिल्ला पत्रकार महासंघका अध्यक्ष सञ्जय रिजालले पत्रकार कल्याणकारी कोषलाई थप व्यवस्थापन गर्न यो कार्यसमिती निरन्तर लागि परेको बताए ।

कार्यक्रममा जिल्लाका ३५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघको ६७औ स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...