News Portal

रेडियो सुन्नुहोस्

नेपाल पत्रकार महासंघ स्थापना दिवसको अवसरमा रक्तदान

तेजेन्द्र बि.एम.२०७८ चैत १६ प्यूठान
८६४ पटक
२०७८ चैत १६ प्यूठान

नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । पत्रकार महासंघ प्यूठानको आयोजनामा संचालित प्रभातफेरी तथा रक्तदान कार्यक्रममा सहभागी जिल्लाका ७ जना पत्रकारहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र विजुवार प्यूठानमा रक्तदान दिएका हुन ।

जिल्लाका पत्रकारहरुले जुम्री देखी विजुवारको मित्रमणी चोक सम्म ¥याली निकालेर प्यूठान अस्पतालमा कोणसभा गरेको हो । कोणसभालाई सम्बोधन गर्दै जिल्ला पत्रकार महासंघ प्यूठानका संस्थापक अध्यक्ष खुम बहादुर थापाले जिल्लामा कृयाशिल पत्रकारहरुले दुखी, गरिब तथा असहाय, अपाङ्ग र पिछडिएका वर्गहरुको विषयमा कलम चलाउन महासंघले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका छन ।

त्यस्तै पूर्व अध्यक्ष इमानसिंह भारतीले श्रमजिवी पत्रकारहरुको उचित मुल्याङ्कन र व्यवस्थापन गरी पत्रकारिता क्षेत्रमै स्थापित गर्न महासंघले उचित कदम चाल्नुपर्ने बताएका छन ।

त्यस्तै पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले पत्रकारहरुले कलमकै माध्यमबाट धेरैको ज्यान बचाउन र उद्वार गर्न सफल भएको तर पत्रकारहरु विरामी भएर आर्थिक अभावले अस्पतालको बेडमा छट्पटाउदै गर्दा ज्यान गुमाउन सम्म पुग्छ, यस्ता समस्या आज मात्र नभई हिजो देखिकै समस्या भएको भन्दै नेपाल पत्रकार महासंघले यसलाई गम्भिरता पूर्वक ध्यान दिनुपर्ने बताए ।

कोणसभालाई समापन गर्दै जिल्ला पत्रकार महासंघका अध्यक्ष सञ्जय रिजालले पत्रकार कल्याणकारी कोषलाई थप व्यवस्थापन गर्न यो कार्यसमिती निरन्तर लागि परेको बताए ।

कार्यक्रममा जिल्लाका ३५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघको ६७औ स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...