News Portal

रेडियो सुन्नुहोस्

गौमुखी गाउँपालिकालाई फर्केर हेर्दा

झुलेनी पोष्ट२०७८ चैत २२ प्यूठान
२०२८ पटक
२०७८ चैत २२ प्यूठान

गाउँपालिकाको सामान्य परिचय :–
गौमुखी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी प्रदेशमा पर्दछ । भौगोलिक हिसावले ८२ डिग्री ५७’३०’’ देखि ८३ डिग्री ६’ पूर्विदेशान्तरसम्म तथा २८ डिग्री १०’३०’’ देखि २८ डिग्री १९’३०’’ उत्तरी आक्षांशसम्म अवस्थित गौमुखी गाउँपालिका एउटा प्राकृतिक र साँस्कृतिक विविधता भरि पुर्ण पहाडी क्षेत्र हो । १३९.०४ व.कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा बाग्लुङ जिल्ला र पश्चिमतिर नौबहिनी गाउँपलिका, दक्षिणमा झिमरुक गाउँपालिका र पूर्वमा गुल्मी जिल्ला रहेका छन् ।

राजनैतिक तथा प्रशासनिक केन्द्र :
सङ्घिय मामिला तथा स्थानिय विकास मन्त्रालयले तयार गरेको नमुना वमोजिम व्यवस्था भए बमोजिमगठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार माननीय सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री संयोजकत्वमा गठित समितिले मिति २०११÷२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०११÷२२ मासाविकका गाविसहरू अर्खा, रजवारा, पूजा, खुङ्ग, लिवाङ र नारीकोट समेटेर जम्मा ७ वटा वडाहरू कायम गरी गौमुखी गाउँपालिका स्थापना गरीएको हो ।

गौमुखी गाउँपालिकाको विगत ५ वर्षको विकासक्रमः

गौमुखी गाउँपालिकाको विगत ५ वर्षको अवधिका भएका विकासका अवस्थालाइ हेरि हरेक आर्थिक वर्षलाई मुख्य कार्यको आधारमा यसरी पहिचान दिइएको छ ।

पहिलो वर्षः गौमुखीको सडक विस्तार वर्ष(आ.व. ०७४÷०७५)

गाउँपालिकामा चुनावबाट जनप्रतिनिधिहरु चयन हुने वर्ष रह्यो । यस वर्षमा खास गरि भौगोलिक रुपमा पछाडि रहेको हाम्रो गाउँपालिकामा मुख्य गरि यातायातको असुविधा रहेका सवै वडाहरुमा यातायातको सुविधा पुर्याउने वर्षको रुपमा रह्यो । यस वर्षलाइ गौमुखीको सडक विस्तार वर्षका रुपमा पहिचान दिन सकिन्छ । सबै वडा तथा गाउँपालिकासम्म आउने सडकहरु निर्माण तथा स्तरोन्नतीको कार्यहरु सम्पन्न गरिएको थियो ।

दोस्रो वर्ष : गौमुखीमा खरको छाना विस्तापित कार्यक्रम वर्ष (आ.व. ०७५÷०७६)

यस वर्ष गाउँपालिकाबाट घरका खरको छाना विस्तापित गर्ने उद्देश्य अनुसार खरको छाना हुने घरपरिवारको लागि जस्तापाता वितरण गर्ने कार्यक्रम संचालन गर्ने वर्षको रुपमा रह्यो । यस आवमा कुल १४६० घरपरिवारलाई जस्तापाता वितरण गरिएको थियो । सोहि कार्यक्रमको पुर्णताको लागि आगामी दुइ आर्थिक वर्षसम्म यस कार्यक्रमको निरन्तरता रह्यो । थप १३५ घरपरिवारलाइ जस्तापाता वितरण गरि कुल १५९५ घरपरिवारलाई जस्तापाता वितरण गरि गौमुखी गाउँपालिकालाइ खरको छाना मुक्त गाउँपालिका बनाइएको छ ।

तेस्रो वर्ष : वडा कार्यालय तथा विद्यालय भवन निर्माण वर्ष (आ.व.०७६÷०७७)

गौमुखी गाउँपालिकाको तेस्रो वर्ष जनताको निकट रहेर सेवा प्रवाह गर्ने वडा कार्यालयहरुको वडा भवन निर्माण तथा व्यवस्थापन गर्ने कार्य सम्पन्न गरियो । सात वटै वडा भवन निर्माण वर्षको रुपमा यो वर्ष परिचित रह्यो । गाउँपालिकाको वहुउद्दश्यीय सभाहल निर्माण कार्य तथा कुल ३० वटा विद्यालयको कोठा निर्माण गर्ने कार्य सम्पन्न गरियो ।

चौथो वर्ष : मुख्य वस्तिमा सडक विस्तार तथा सिचाइ वर्ष(आ.व. ०७७÷०७८)

गौमुखी गाउँपालिकाका सवै वडाका मुख्य मख्य वस्तीहरुमा सडक निर्माण तथा स्तरोन्नती गर्ने र कृषीयोग्य क्षेत्रमा सिंचाइ कुलाहरु निर्माण गर्ने कार्यहरु यस वर्षका मुख्य कार्यहरु रहेका छन्। सात वटा वडामा कुल ३१ वटा सडक विस्तार तथा १२ वटा सिंचाइ कुलो निर्माण कार्य सम्पन्न गरिएको छ ।

पाँचौ वर्ष : अधुरा योजनाहरु सम्पन्न वर्ष(आ.व. ०७८÷०७९)

विगतको वर्षहरुमा शुरु भएका तर सम्पन्न हुन नसकेका अधुरा योजनाहरु सम्पन्न गर्ने वर्षको रुपमा यो वर्षमा कार्यहरु शुरु गरि एको छ । खास गरी विद्यालय भवन निर्माणका योजना, मुख्य वस्तीका सडक स्तरोन्नती गर्ने योजना, सामुदायिक स्वास्थ्य भवन सम्पन्न गर्ने, खानेपानी तथा सरसफाइ योजनाहरु यस वर्षका मुख्य मुख्य योजनाहरु रहेका छन ।

गौमुखी गाउँपालिकामा विगतको ५ वर्षमा गरिएका उल्लेख्य प्रयासहरु, खरको छाना विस्थापित कार्यक्रम ः
आ.व. ०७५/०७६ देखि गाउँपालिकाबाट घरका खरको छाना विस्तापित गर्ने उद्देश्य अनुसार खरको छाना हुने घरपरिवारको लागि जस्तापाता वितरण गर्ने कार्यक्रम सुभारम्भ गरियो ।

-यस आवमा कुल १४६० घरपरिवारलाई जस्तापाता वितरण गरिएको थियो । सोहि कार्यक्रमको पुर्णताको लागि आगामी दुइ आर्थिक वर्षसम्म यस कार्यक्रमको निरन्तरता रह्यो ।

-थप १३५ घरपरिवारलाइ जस्तापाता वितरण गरि कुल १५९५ घरपरिवारलाई जस्तापाता वितरण गरि गौमुखी गाउँपालिकालाइ खरको छानामुक्त गाउँपालिका बनाइएको छ ।

सडक विस्तारतर्फ :
-गौमुखी गाउँपालिकामा स्थानिय तहको निर्वाचन पश्चात गरिएका सडक निर्माण तथा विस्तारमा भएका मुख्य मुख्य कार्यहरु यसप्रकार रहेका छन् ।

-सबै ७ वटा वडा कार्यालयसम्म पुग्ने सडक नियमित रुपमा संचालन गर्ने गरि निर्माण तथा विस्तार गरिएको छ ।

-पर्यटकीय सडक विस्तार तर्फमुख्य क्षेत्र अर्खा २ गौमुखी र रजवारा झाक्रिढुङ्गासम्म जाने मोटरबाटोको निर्माण गरिएको छ ।

-गौमुखीदेखी ढोरपाटन जोड्ने मोटरबाटो, नारिकोट देउराली हुदै गुल्मी जोड्ने मोटरबाटो, खुङ्गदेखी गुल्मी सोइरे जोड्ने मोटरबाटो, पुजा हिले हुदै झाक्रिढुङ्गा जोड्ने मोटरबाटो, लिवाङ्देखी पुजा जोड्ने मोटरबाटोहरु पालिकाका मुख्य मोटरबाटोको रुपमा परिचित रहेका छन् ।

-यस अवधिमा नयाँ ट्रयाक १८३ कि.मि. मोटरबाटो निर्माण गरिएको छ भने २१४ कि.मि. मोटरबाटो मर्मत तथा स्तरोन्नती गरिएको छ । साथै मोटरबाटो ग्राभेल २१२ कि.मि. सम्पन्न गरिएको छ ।

भवन निर्माणतर्फ :
-गौमुखी गाउँपालिकाका ७ वटै वडामा आफ्नै भवन निर्माण सम्पन्न गरि सोही भवनहरुबाट वडाहरुमा सेवा प्रवाह गरिएको छ ।

-गाँउपालिकामा एउटा सभाहल निर्माण सम्पन्न गरिएको छ ।

झोलङ्गे पुल निर्माणतर्फ :
यस अवधिमा ७ वटा झोलङ्गे पुल निर्माण सम्पन्न गरिएको छ। संघिय सरकारसँगको सहकार्यमा ५ वटा र गाउँपालिकाको आफ्नै लगानीमा २ वटा झोलङ्गे पुल सम्पन्न गरिएको छ ।

सिंचाइतर्फ :
खेतियोग्य जमिन सिंचाइको लागि कुल ४४ वटा साना ठुला योजनाहरु सम्पन्न गरिएको छ । जसबाट कुल १८१४ घरधुरी लाभान्वित भएका छन् ।

कृषी तथा पशु सेवातर्फ :
-विभिन्न बालीहरुमा भएको क्षति जस्तैः सलहको लागि राहत बितरण कार्यक्रम अन्तर्गत १३४५ जना कृषक लाभान्वित भएका छन् ।

-कृषक समुह, सहकारी तथा फर्म गरि २०५ जनालाई कृषि औजार उपकरण बितरण गरिएको छ ।

-११०जना व्यवसायिक कृषकलाई प्लाष्टिक टनेल तथा थोपा सिंचाइ प्रबिधी बितरण गरिएको छ ।

-गौमखी गाउँपालिका ३ रजवारामा स्मार्ट कृषि कार्यक्रम संचालन भएको छ ।

-गौमुखी गाउँपालिका ५ र ७ वडामा वेसार खेतीको पकेट क्षेत्र बिस्तार गरिएको छ । –

-नियमित रुपमा पशु स्वास्थ्य शिविर, ७ वटै वडामा भकारो सुधार कार्यक्रम, खोर सुधार कार्यक्रम संचालन गरिएको छ ।

शिक्षा तर्फ :
-शैक्षिक क्षेत्रको पुर्वाधार निर्माणको अवस्थालाइ हेर्दा निम्न उल्लेख्य कामहरु सम्पन्न गरिएको छ ।

-कक्षाकोठा निर्माणलाइ हेर्दा जम्मा ४५ वटा विद्यालयहरुमा अति आवश्यक ज्ञद्दघ वटा कक्षाकोठाको निर्माण सम्पन्न गरिएको छ ।

-१५ वटा विद्यालयमा शौचालय निर्माण, सवै ४५ वटा विद्यालयहरुमा मर्मत संभारको कार्य, ४ वटा विद्यालयमा पुस्तकालय स्थापना र विस्तार, ८ वटा विद्यालयमा आइसिटी सहयोग, १२ वटा विद्यालयको फिल्ड निर्माणर थप ४ वटा विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरिएको छ ।

-विद्यालयको शैक्षिक गुणस्तर निर्माण हेतु गाउँपालिकाको शिक्षा ऐन तथा नियमावलतयार गरी सोहि अनुसार कार्यहरु संचालन गर्ने प्रकृया थालिएको छ ।

स्वास्थ्य तर्फ :
-स्वास्थ्य सेवाको नियमित कार्यहरुसहित तपशिल मुख्य कामहरु यस प्रकार रहेका छन् ।

-गौमुखी गाउँपालिकाका स्वास्थ्य चौकी मार्फत नसमेटिएका वस्तीहरुलाइ स्वास्थ्य सेवा संचालनको लागि एउटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र ७ वटा सामुदायिक स्वास्थ्य इकाइ गरि ८ वटा स्वास्थ्य संस्था स्थापना गरिएको छ ।

-७ वटा सामुदायिकस्वास्थ्य इकाइको आफ्नै भवन निर्माण गरि सेवा प्रवाहमा सहजता प्रदान गरिएको छ।

-२०७७ जेष्ठदेखी (करिव कोभिडसमय) पुजा स्वास्थ्य चौकीमा एमबिबिएस मेडिकल अधिकृत मार्फत चिकित्सकिय सेवालाइ निरन्तर संचालन गरिएको छ । घरदैलोमा डाक्टर कार्यक्रम अन्तर्गत वडा स्तरिय चिकित्सकिय स्वास्थ्य शिविर नियमित रुपमा गरिदै आएको छ ।

-पुजा स्वास्थ्य चौकीमा एक्सरे सेवाको सुरुवात, सहलियत फार्मेसी सेवा संचालन, एनालाइजर मेशिनमार्फत ल्याब सेवाको संचालन नियमित रुपमा गरिएको छ ।

खानेपानी तथा सरसफाइ :
–यस अवधिमा खानेपानी तथा सरसफाइ अन्तर्गत साना ठुला आयोजना गरि कुल १५५ वटा आयोजना सम्पन्न गरिएको छ। –सबै खानेपानी तथा सरसफाइ आयोजनाहरुबाट कुल ४१४६ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

अन्य उल्लेखित कार्यहरु :
–गाउँपालिकाभर ३२ वटा कटुवालहरुलाइ सूचनाको प्रविध हस्तान्तरण अन्तर्गत सिमकार्डसहित मोवाइल फोन वितरण गरि एको छ ।

-५० वर्ष भन्दा माथि सामाजिक सुरक्षा भत्ता नपाएका एकल पुरुषहरुलाइ मासिक ५ सयका दरले एकल पुरुष भत्ता वितरण कार्य संचालन गरिएको छ । यसबाट ९१ जना एकल पुरुष लाभान्वित भएका छन् ।

-गाउँपालिकाले रकम भुक्तानी गर्ने गरि विद्युतको मिटर जडान गर्दा दलितहरुका लागि निशुल्क मिटर वितरण गर्न विद्युत प्राधिकरणसँग समन्वय गरिएको छ ।

-पर्यटकीय क्षेत्रको विकास अन्तर्गत गौ मुखीमा पदमार्ग निर्माण, झाक्रिढुङ्गामा भवन तथा सिडि निर्माण, रानिताल व्यवस्थापन र कैलाश दहको संरक्षण कार्य सम्पन्न गरि एको छ ।

अन्त्यमा :
गौमुखी गाउँपालिकाको विगत ५ वर्षको प्रगतिको अवस्थालाइ हेर्दा आधारभुत सुविधाका क्षेत्रमा धेरै काम भएको देखिन्छ । गाउँपालिकाको सुरुवातको अवस्था भएकोले गर्दै सिक्दै जाने प्रकृयामा विकासको सवालमा लिएका लक्ष्य र उद्देश्यहरु धेरै पुरा भए, केहि पुरा हुने प्रकृयामा रहे भने केहि पुरा गर्न सकिएन पनि । सवै सवैमा पूर्ण हुन संम्भव नभएको यथार्थतालाइ मध्यनजर गर्दा साधन र स्रोतको सिमितताले असिमित आवश्यकताहरु यसै अवधिमा पुरा गर्न नसकिने रहेछ नै ।विकासको प्रकृया भने एक पछि अर्को सधै निरन्तर चलिरहन्छ । यस अवधिमा भएका प्रगतिहरुलाइ आधार प्रगतिको रुपमा लिने र गरिएका विकासका प्रयास कार्यहरुलाइआगामि दिनहरुको विकासक्रम सँगसँगै लैजानु हाम्रो आवश्यता रहेको देखिन्छ ।

जय गौमुखी ।। गाैमुखी गाउँपालिकाद्धारा प्रायाेजित ।।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...