News Portal

रेडियो सुन्नुहोस्

जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी अभिमुखीकरण सम्पन्न

झुलेनी नेटवर्क२०८१ चैत्र ६
९०५ पटक
२०८१ चैत्र ६

जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम विजुवारमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा मङ्गलवार र बुधवार भएको कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला र सुरक्षा निकायको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि साझा प्रयास आवश्यक रहेको बताए । डढेलो लाग्नु दुर्भाग्य रहेको बताउँदै मन्त्री कलवारले त्यसको नियन्त्रण गर्नुपर्ने बताए । व्यवहारमा देखिएपछि मात्र गोष्ठीको अर्थ रहने उनको भनाई छ ।

प्यूठानका ३ वटा सुरक्षा निकायलाई ३–३ सेटका दरले डढेलो नियन्त्रण सम्बन्धी सामाग्री वितरण गरिएको छ । अभिमुखीकरणको उद्घाटन सत्रमा मन्त्री कलवार, लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी र प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले सामाग्री हस्तान्तरण गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...