News Portal

रेडियो सुन्नुहोस्

उद्योग वाणिज्य सङ्घको ९ वटै बजार क्षेत्रमा अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ फागुन २०
४१६ पटक
२०८१ फागुन २०

प्यूठान उद्योग वाणिज्य सङ्घको जिल्लाका ९ वटै बजार क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । सोमबार नौवहिनी बजार क्षेत्रको अधिवेशन सकिएसँगै प्यूठान जिल्ला स्थित ९ वटै बजार क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

प्यूठान उद्योग वाणिज्य सङ्घको चैत्र २ गते हुने जिल्ला अधिवेशन पूर्व जिल्लाका सबै बजार क्षेत्रको अधिवेशन सम्पन्न भएको कार्यकारी निर्देशक प्रकाश खनालले बताए ।  फागुन १० गते ५ वटा बजार क्षेत्रको अधिवेशन सम्पन्न भएको थियो । १० गतेको अधिवेशनबाट स्वर्गद्वारी बजार क्षेत्रमा विष्णु योगी, सरुमारानी बजार क्षेत्रमा भरत एम सी, गौमुखी बजार क्षेत्रमा कमला पोख्रेल, झिमरुक बजार क्षेत्रमा भरत ढकाल, ऐरावती बजार क्षेत्रमा नुम प्रसाद श्रेष्ठको नेतृत्वमा कार्यसमिति निर्वाचित भएका थिए ।

शनिवार(फागुन १७) ३ वटा बजार क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्यूठान नगर बजार क्षेत्रको अध्यक्षमा प्रशुजता अधिकारी, मल्लरानी बजार क्षेत्रको अध्यक्षमा भरत कुमार श्रेष्ठ र माण्डवी बजार क्षेत्रको अध्यक्षमा तुलसी केसी निर्वाचित भएका छन् । सोमबार भएको नौबहिनी बजार क्षेत्रको अधिवेशनले रमेश के.सी. को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । त्यस्तै यसोसियट समितिको प्रतिनिधिमा  डिल्लीराज पराजुली र बस्तुगत समितिको प्रतिनिधिमा जुद्ध बहादुर कुवर निर्वाचित भएका छन् ।

चैत्र २ गते शनिवार प्यूठान उद्योग वाणिज्य सङ्घ जिल्ला कार्यसमितिको निर्वाचनको तयारी भइरहेको सङ्घका महासचिव सन्देश आचार्यले बताए । सत्ताईसौँ साधारण सभा १२ औँ अधिवेशनको व्यवस्थापकीय तयारी सँगै सर्व सहमत नेतृत्व चयनका लागि प्रारम्भिक छलफल चलिरहेको उनले बताए । आ.व. २०८१/०८२ को नवीकरण अनुसार २ हजार १ सय २८ व्यवसायी आबद्ध रहेको सङ्घको अधिवेशनले ३१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्नेछ ।

सङ्घको जिल्ला कार्यसमितिमा बजार क्षेत्रका ९ जना अध्यक्षहरू र विषयगत तथा वस्तुगत समितिबाट निर्वाचित १–१ जना प्रतिनिधिहरू स्वतः सदस्य हुने व्यवस्था छ । त्यस्तै आबद्ध व्यवसायी सङ्ख्याको आधारमा प्यूठान नगर बजार क्षेत्रबाट ३ जना, स्वर्गद्वारी नगर बजार क्षेत्रबाट १ जना, माण्डवी बजार क्षेत्रबाट १ जना, मल्लरानी बजार क्षेत्रबाट १ जना, झिमरुक बजार क्षेत्रबाट १ र नौवहिनी बजार क्षेत्रबाट १ जना जिल्ला कार्यसमितिका लागि बजार क्षेत्रको अधिवेशनबाटै निर्वाचित भएका छन् ।

अधिवेशनले अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना (वरिष्ठ, प्रथम र द्धितिय), महासचिव १ जना, उपमहासचिव १ जना र कोषाध्यक्ष १ जना निर्वाचित गर्नेछ । कार्यसमितिको बैठकबाट १ जना मानार्थ र ३ जना मनोनीत सदस्य चयन हुने र निवर्तमान अध्यक्ष सहित ३१ जनाको कार्यसमिति हुने सङ्घको विधानले व्यवस्था गरेको छ ।

११ औँ अधिवेशनबाट सङ्घको अध्यक्षमा पशुपति नारायण नकर्मी निर्वाचित भएका थिए । त्यसअघि केदारमान कक्षपती, ज्ञामुराम न्यौपाने, माधवराज भण्डारी, सूर्य बहादुर विश्वकर्मा, इमानसिंह भारती,  राजकुमार कक्षपती, जय गोपाल कक्षपती, निमनारायण नकर्मी र अखण्ड कुमार श्रेष्ठले सङ्घको नेतृत्व गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...