News Portal

रेडियो सुन्नुहोस्

बिजय फूलबारीले गरिदियो सदस्यको दुर्घटना बीमा

झुलेनी नेटवर्क २०८२ साउन २५ गते
१२६९ पटक
२०८२ साउन २५ गते
 बिजय फूलबारी बचत तथा ऋण सहकारीले सदस्यहरुको दुर्घटना बीमा गरेको छ । संस्थामा आबद्ध ५ हजार ८ सय सदस्यहरुको  दुर्घटना बीमा गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए  ।
स्वीकृत कार्यक्रम अनुसार संस्थामा आबद्ध सबै सदस्यहरुको १ लाख बराबरको दुर्घटना बीमा गरेको उनले बताए । सदस्यहरुको दुर्घटनाका कारण हुन सक्ने जोखिम कम गर्नका लागि दुर्घटना बीमाको कार्यक्रम ल्याएको संस्थाका अध्यक्ष नेत्रमणि आचार्यले जानकारी दिए ।
कार्यक्रमले दुर्घटनामा परेर उपचार गर्न समस्या हुने अवस्थाका सदस्यहरुलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
सदस्यको निधन भएको अवस्थामा २५ हजार, सुत्केरी भेटघाट, घाट खर्च सहयोग, औषधि उपचार, ऋण सहुलियत, अस्पतालमा छुट, लघुबित्त कार्यक्रम, विभिन्न उत्पादनमुलक ऋण सेवा, बचत संकलन जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको फूलबारीले यस बर्ष दुर्घटना बीमाको नयाँ कार्यक्रम ल्याएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...