News Portal

रेडियो सुन्नुहोस्

चुनाव नजिकिए सगैँ झन्डा र चुनाव चिह्न लिएर उम्मेदवार मतदाताको घरदैलोमा

झुलेनी नेटवर्क२०७९ वैशाख १९,सोमवार प्यूठान
११८१ पटक
२०७९ वैशाख १९,सोमवार प्यूठान

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै प्यूठानका राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जान थालेका हुन् । दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै उनीहरुले सभा सम्मेलनमा समेत जोड दिएका छन् ।
दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले बिहान बेलुकाको समयमा घरदैलोमा जाने गरेका छन् । उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको सुविधा, शिक्षा र स्वास्थ्य प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउन लगाएतका विषयहरु लिएर मतदाता आकर्षित गर्न थालेका छन् । दलका कार्यकर्ता तथा मतदाताहरु समेत उम्मेदवारहरुसगँ चुनावी प्रचार प्रसारमा लागेका छन ।
यस्तै, चुनावी कार्यक्रमले व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेस्टुरेन्टमा व्यापार बढ्न थालेका छन् । गाउँ टोलमा रहेका होटल रेस्टुरेन्टदेखि सहरका होटल रेस्टुरेन्टमा व्यापार बढ्न थालेको छ ।
बजार चलायमान हुँदै गर्दा कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ । मुख्यरुपमा अन्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...