News Portal

रेडियो सुन्नुहोस्

चुनाव नजिकिए सगैँ झन्डा र चुनाव चिह्न लिएर उम्मेदवार मतदाताको घरदैलोमा

झुलेनी नेटवर्क२०७९ वैशाख १९,सोमवार प्यूठान
११९५ पटक
२०७९ वैशाख १९,सोमवार प्यूठान

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिएसँगै प्यूठानका राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जान थालेका हुन् । दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै उनीहरुले सभा सम्मेलनमा समेत जोड दिएका छन् ।
दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले बिहान बेलुकाको समयमा घरदैलोमा जाने गरेका छन् । उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको सुविधा, शिक्षा र स्वास्थ्य प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउन लगाएतका विषयहरु लिएर मतदाता आकर्षित गर्न थालेका छन् । दलका कार्यकर्ता तथा मतदाताहरु समेत उम्मेदवारहरुसगँ चुनावी प्रचार प्रसारमा लागेका छन ।
यस्तै, चुनावी कार्यक्रमले व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेस्टुरेन्टमा व्यापार बढ्न थालेका छन् । गाउँ टोलमा रहेका होटल रेस्टुरेन्टदेखि सहरका होटल रेस्टुरेन्टमा व्यापार बढ्न थालेको छ ।
बजार चलायमान हुँदै गर्दा कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ । मुख्यरुपमा अन्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...