News Portal

रेडियो सुन्नुहोस्

देशमा शान्ति र समृद्धिको लागि वैज्ञानिक समाजवाद अपरिहार्य: सञ्जीव

सिखबर संवाददातारोल्पा, भाद्र
१२४८ पटक
रोल्पा, भाद्र

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सञ्जीवले संसदीय व्यवस्थाले जनतालाई झुक्याउने, ठग्ने, दलाली गरेर दु:ख मात्रै दिएको र देशको स्वाभिमानमा सधैं ठेस पुर्‍याएकोले यसलाई जरैदेखि नफाले झन् पछि झन् ठुला-ठुला समस्याले घेर्ने ठोकुवा गर्नुभएकाे छ ।
साथै उहाँले नेपाल कम्युनिष्ट पार्टी देश र जनतामा वास्तविक समृद्धि र शान्ति ल्याउनकै लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लामबद्ध भएको बताउनुभएकोछ ।

सुनछहरी गाउँपालिका ठूलोगाउँ खानेपानी तथा सरसफाइ व्यवस्थापन समिति, फगामको योजना हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सञ्जीवले यस्तो बताउनुभएको हो । संसदीय व्यवस्थाको चुनाव अत्यन्तै महंगो भएकोले गरिव, किसान र मजदुरका छोराछोरीहरुले चुनावमा भाग लिएर देश र जनताको सेवा गर्न नसक्ने भन्दै नेता सञ्जीवले अहिलेको महंगी र अनपेक्षित कर वृद्धि त्यही संसदीय चुनावकै पराकाष्ठा भएको समेत बताउनुभयो ।

“हिजो यही संसदीय व्यवस्थाको विरुद्धमा लड्नु पर्छ भनेर आदेश गर्नेहरु आज त्यसलाई मलजल गर्न तर्फ लागेकोमा जनयुद्ध लड्नेहरुलाई ठूलो पीडा भइरहेकोछ ।”- प्रचण्ड- बबुराम र बादलतिर लक्षित गर्दै नेता सञ्जीवले भन्नुभयो – “हिजोका उनीहरुका सहयोद्धाहरु उनीहरूले नै देखाएको बाटोमा हिड्दै गर्दा आज जनबैरीहरुसँग घाँटी जोडेर तिनै पूर्व सहकर्मीहरुका घर-घरमा पक्राउ पूर्जी टाँस्दै गिरफ्तार गर्दै हिडिरहेका छन् ।” उहाँले अगाडि थप्नुभयो – “यो कार्य सिङ्गो शहीद र शहीद परिवार, बेपत्ता र बेपत्ता परिवार, घाइते-अपाङ्ग र तिनीहरुका परिवार माथि अपमान हो, तिरस्कार हो र घृणा हो । यस्तो कार्य हामीहरुलाई कुनै पनि हालतमा मान्य छैन । यसको प्रतिवाद गरेरै छाड्छौं ।”

संसदवादीहरुले केही भौतिक विकास र (विदेशीले गरिदिएको)
प्रविधिमा ठूलो विकास भएको हल्ला गरे पनि आम्दानी र आयस्रोत विनाका यस्ता विकासले नेपाली जनताको जीवनशैलीमा दिनप्रतिदिन संकट थपिँदै गएको पनि बताउनुभयो । आफूहरुले देशलाई स्वाधीन बनाउनुपर्छ भन्दा, महंगीलाई समायोजन गरि नेपाली जनतालाई गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको तत्काल ग्यारेन्टी गर भन्दा दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारबाटै गिरफ्तारी र निगरानी खेप्नु परेकोमा दु:ख व्यक्त गर्दै सरकारले ल्याउने भनिएको समाजवादप्रति आशंका गर्नुभयो ।
आफूहरू कुनै युद्धमा नभई क्रान्तिमा होमिएको स्पष्ट पार्दै नेता सञ्जीवले देशमा साँच्चिकै समाजवाद यो सरकारले ल्याए स्वागत गर्दै आफूहरुले पार्टी बिगठन गर्ने अभिव्यक्ती समेत सार्वजनिक गर्नुभयो ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै सुनछहरी गाउँपालिका अध्यक्ष रक्तिमले देशमा भ्रष्टाचार र दलालहरु बढिरहेको स्वीकार गर्दै सबै मिलेर ठिक पार्नुपर्ने बताउनुभयो । संघीय मन्त्रालयले स्थानीय जनप्रतिनिधिलाई स्थानीय तहमै स्रोत खोज्न भनेपछि लमहीमा अण्डाको समेत कर असुली गरेको भए पनि आफूहरुले त्यस्तो नगरेको स्पष्ट पार्नुभयो । सोही गाउँपालिका ६ नं.का वडाध्यक्ष अमरजित पुनले जनताकै काममा लागिरहेको बताउनुभयो ।

यस्तै योङ रेड फोर्स नेपालका केन्द्रीय सदस्य विश्लेषणले दलालहरु तलदेखी माथिसम्म भएकोले खोजीखोजी जनकारबाही गर्ने चेतावनी दिनुभयो । नेपाली युवाहरुले बिदेशमा बेचिनु पर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै युवा नेता विश्लेषणले यो सरकारको विरुद्धमा एकजुट हुन सम्पूर्ण युवाहरूलाई आग्रह गर्नुभयो थियोे भने गोर्खा वयल्फेर ट्रष्ट (नेपाल)का टेकबहादुर थापाले
ठूलोगाउँ खानेपानी निर्माणको लागि गोर्खा वयल्फेर ट्रष्ट (नेपाल)ले रु. ३२,६९,१८७/- र जनश्रमदानबाट रु. १३,०६,५१०/- गरि जम्मा रु. ४५७५६९७/- खर्छ भएको थियोे भभने झिउरिवाङ खानेपानी निर्माणको लागि गोर्खा वयल्फेर ट्रष्ट (नेपाल)ले रु.१५,२४,४८५/- र जनश्रमदानबाट रु. ४,५२,५६५/- गरी कूल रु. १९,७७,०५०/- बराबरको लागतमा काम सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।
हिमलाल पुन (हेमन्त)को अध्यक्षता र नेकपाका केन्द्रीय सदस्य सञ्जीवको प्रमुख आतिथ्यता एवं सुनछहरी गाउँपालिकाका अध्यक्ष रक्तिमको विशेष आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय राजनैतिक दल, शिक्षक, बुद्धिजीवी, कर्मचारीलगायतले बोलेका थिए भने खानेपानी उपभोक्ता चित्र झाँक्रीले स्वागत गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...