News Portal

रेडियो सुन्नुहोस्

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

सुजाता थापा क्षेत्री (भण्डारी)२०७९ आश्विन ०७, प्यूठान
१३२९ पटक
२०७९ आश्विन ०७, प्यूठान

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ अहिले विश्वमै करिअर निर्माणका लागि आधार बनेको छ । आर्थिक अवसर, खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने महत्वाकांक्षा लिएर प्यूठानका महिलाहरु परम्परागत चुल्होचौको सँगसँगै उद्योग व्यवसायमा समेत सक्रिय हुन थालेका छन् ।

फेशन डिजाइन र बुटिकको बढ्दो मागसँगै प्यूठानको विजुवारमा बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ३२ वर्षिय मनि रोका थापा मगर । उनी पछिल्लो समय एक सफल महिला लघुउद्यमीको रुपमा परिचित छिन् । प्यूठान नगरपालिका – ४ सेतीपोखरी निवासी मनिले सञ्चालन गरेको मनिविष्णु बुटिक एण्ड टे«निङ सेन्टर पछिल्लो समय बुटिक पारखीका बीच लोकप्रिय बन्दै गएको छ ।

फेशनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवा पुस्तामाझ उनको बुटिक डिजाइन लोकप्रिय बन्दै गएको छ । पाँच वर्षअघि प्यूठान नपा ४ विजुवारमा करिब ३ लाखको लागतमा सञ्चालन गरेको व्यवसाय हाल साढे ५ लाखमा विस्तार गरेको झुलेनी पोष्टसँगको कुराकानीमा उनले बताइन् । आफु सँगै ३ जना महिलालाई समेत रोजगार प्रदान गरेकी छिन् ।
परम्परागत पोशाक घलेक, चोली, साडी, लगायत ब्लाउज, लेहेङ्गा, कुर्ता सुरुवाल, झोला, सुर्केथैली, वेहुलीका कपडाका प्रकार, पास्नीको लागि भोटो आदीका कपडामा आकर्षक बुट्टा भर्नेकाम गर्दै आएकी छिन् । उनले २०७३ सालमा नारी सिप समाज दाङ मार्फत बुटिकको तालिम पाएकी थिइन ।

प्यूठान र दाङका केहि ठाउँमा यस सम्बन्धी तालिम प्रशिक्षकको भुमिका निर्वाह गरि करिव ३ सय जना भन्दा बढि व्यक्तिलाई बुटिक प्रशिक्षण गराएको उनले बताइन् । स्थानीय स्तरमा मात्र सीमित उनको निर्माण सामग्री देशका विभिन्न ठाउँमा निर्यात गर्दै आएको मनिले बताईन । उनको बुटिक पसलमा निर्माण भएको सामाग्री युट्युबमा भिडियो हेरी पुर्वी जिल्ला झापाबाट समेत सिप सिक्न आएको उनले बताइन ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...