News Portal

रेडियो सुन्नुहोस्

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

सुजाता थापा क्षेत्री (भण्डारी)२०७९ आश्विन ०७, प्यूठान
१०६० पटक
२०७९ आश्विन ०७, प्यूठान

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ अहिले विश्वमै करिअर निर्माणका लागि आधार बनेको छ । आर्थिक अवसर, खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने महत्वाकांक्षा लिएर प्यूठानका महिलाहरु परम्परागत चुल्होचौको सँगसँगै उद्योग व्यवसायमा समेत सक्रिय हुन थालेका छन् ।

फेशन डिजाइन र बुटिकको बढ्दो मागसँगै प्यूठानको विजुवारमा बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ३२ वर्षिय मनि रोका थापा मगर । उनी पछिल्लो समय एक सफल महिला लघुउद्यमीको रुपमा परिचित छिन् । प्यूठान नगरपालिका – ४ सेतीपोखरी निवासी मनिले सञ्चालन गरेको मनिविष्णु बुटिक एण्ड टे«निङ सेन्टर पछिल्लो समय बुटिक पारखीका बीच लोकप्रिय बन्दै गएको छ ।

फेशनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवा पुस्तामाझ उनको बुटिक डिजाइन लोकप्रिय बन्दै गएको छ । पाँच वर्षअघि प्यूठान नपा ४ विजुवारमा करिब ३ लाखको लागतमा सञ्चालन गरेको व्यवसाय हाल साढे ५ लाखमा विस्तार गरेको झुलेनी पोष्टसँगको कुराकानीमा उनले बताइन् । आफु सँगै ३ जना महिलालाई समेत रोजगार प्रदान गरेकी छिन् ।
परम्परागत पोशाक घलेक, चोली, साडी, लगायत ब्लाउज, लेहेङ्गा, कुर्ता सुरुवाल, झोला, सुर्केथैली, वेहुलीका कपडाका प्रकार, पास्नीको लागि भोटो आदीका कपडामा आकर्षक बुट्टा भर्नेकाम गर्दै आएकी छिन् । उनले २०७३ सालमा नारी सिप समाज दाङ मार्फत बुटिकको तालिम पाएकी थिइन ।

प्यूठान र दाङका केहि ठाउँमा यस सम्बन्धी तालिम प्रशिक्षकको भुमिका निर्वाह गरि करिव ३ सय जना भन्दा बढि व्यक्तिलाई बुटिक प्रशिक्षण गराएको उनले बताइन् । स्थानीय स्तरमा मात्र सीमित उनको निर्माण सामग्री देशका विभिन्न ठाउँमा निर्यात गर्दै आएको मनिले बताईन । उनको बुटिक पसलमा निर्माण भएको सामाग्री युट्युबमा भिडियो हेरी पुर्वी जिल्ला झापाबाट समेत सिप सिक्न आएको उनले बताइन ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...