News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिका ६ र ७ जोड्ने साहु खुट्टे सिमलचौर झोलुङ्गे पुल निर्माण सम्पन्न

बिबश जि.एम
५७७ पटक

प्युठानको झिमरुक गाउँपालिका ६ र ७ जोड्ने साहु खुट्टे सिमलचौर झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारबाट प्राप्त भएको बजेट ४५ लाख ७४ हजार चार सय ६८ रुपैया ९४ पैसामा पुल निर्माण भएको छ ।

२०७९ पुष १७ गते उपभोक्ता समिति सँग सम्झौता भएपछि २०७९ माघ २९ देखी सो काम सुरु भएको थियो । पुल निर्माण सुरु भएको ७ महिनापछि २०८० भदौ ५ गते निर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । उक्त पुलको बिहिबार आज उद्घाटन गरिएको छ ।

पुल निर्माण भइसकेपछि अर्गेली, नेपाने, चिसावाङ्ग, रातटारी, छाटिपाटा लगायतका स्थानीयलाई आवतजावतमा सहज भएको झिमरुक गाउँपालिका ६ का वडा अध्यक्ष धन बहादुर पुन मगरले जानकारी दिए । उक्त पुलको लम्बाई १०० मिटर रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...