दिपावली आएपछि प्यूठानका बजार झिलिमिलीले रंगिएको छ । नेपालीहरुको दोस्रो ठूलो महानचाड घर आगनमा आईपुग्न लाग्दा गाउँदेखि सहरसम्म झिलिमिलीले रंगगिएको हो ।
केही बर्ष यता विद्युतिय बत्तिको प्रयोग बढेसँगै विद्युतिय झिलिमिली प्रयोग गर्नेको संख्य बढेको देखिन्छ । पहिले माटोको भाडामा दियो बालेर झिलिमिली हुन्थ्यो भने अहिले त्यो दियो कहिकतै मात्र फाट्टफुट्ट देख्न पाईन्छ ।