News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा पुल निर्माणका लागि ठेक्का आव्हान सुरु

झुलेनी नेटवर्क२०८० फागुन २४
४३० पटक
२०८० फागुन २४

प्यूठानको सबैभन्दा लामो पुल निर्माणका लागि ठेक्का (बोलपत्र) आव्हान भएको छ । गौमुखी गाउँपालिका अर्खाको लामिडाँडा र रजवाराको देउराली जोड्ने झोलुङ्गे पुल निर्माण गर्न सस्पेन्सन ब्रिज डिभिजन काठमाडौंले ठेक्का आव्हान गरेको हो । डिभिजन कार्यालयका प्रमुख कुमार थापाले गौमुखीमा पुल निर्माण गर्न सोमबार नै बोलपत्र आव्हानको सुचना प्रकाशन गरिएको जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापाको पहलमा पुल ठेक्का प्रक्रियामा अगाडी बढेको हो । सांसद थापाले सबैको साझा प्रयासका कारण पुल निर्माण प्रक्रिया अघि बढेको बताउँदै पुलको ठेक्का लाग्ने गरि सवै प्रक्रिया अघि बढ्दा खुसी लागेको बताए । सो पुलले आवतजावतका साथै पर्यटकीय हिसाबले समेत महत्वपुर्ण हुने सांसद थापाको बिश्वास छ ।

३ सय ६५ मिटर लम्बाई र १ सय ८० मिटर उचाई रहने उक्त पुलका लागि संघीय सरकारले ३ करोड ७५ लाख रुपैयाँ बजेट सुनिश्चित गरेको छ । पछिल्लो पटक गौमुखीको लामिडाँडामा पुलको डिपीआरको बारेमा छलफल गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...