ओरालो बाटो झरेर थाकेका ८ जना महिलाहरू प्युठान नगरपालिका ५ ढुँगेठाँटी बजारमा पुगेर भारी बिसाउँछन् । प्रायको डोकाबाट कुखुराको भाले कराएको आवाज आउँछ । बाटो छेउमा आड लिएर भारी बिसाउँछन्, आफैले ल्याएको खाजा खान्छन् र अगाडी बढ्छन् ।
यो दृश्य देख्ने नयाँ मान्छेले सहजै अनुमान गर्न सक्दैन –‘उनीहरू सुत्केरी चेलीलाई भेट्न कोसेलि लिएर जादैछन्’ भनेर । प्युठान नगरपालिका ६ माझकोट करङ्गेकी २३ वर्षीय हुमा सुनार गत असार २४ गते सुत्केरी भइन । उनै हुमालाई भेट्न भाउजू पार्वती सुनार सहित माइतीहरू प्युठान नगरपालिका ५ जुम्रिकाँडा ठुलोगाउँबाट माझकोट जाँदै थिए ।
प्युठानका ग्रामीण भेगमा अहिले पनि आफन्त सुत्केरी भएपछि कोसेली सहित भेट्न जाने चलन छ । “सहरमा महिला गर्भवती भएमा बेबी सावर गर्छन् तर, गाउँमा कुखुराको भाले, हलेदो, घ्यु जोहो गर्न थाल्छन् ।” प्युठान नगरपालिका वडा नं ५ का पूर्व वडाध्यक्ष लक्षुमन भण्डारीले भने– “सुत्केरीलाई पोसिलो खाना ख्वाउने र माइतीको माया दर्साउने यहाँको चलन निकै पुरानो हो।”
यो चलनले चेलीको नपुग्दो(अभाव)मा माइतीको कर्तव्य थप गर्ने र चेलीलाई माइतीको भर लाग्ने (भरिलो लाग्ने) प्युठान नगरपालिका ३ ओखरवोट निवासी १०६ वर्षिय वृद्धा दुरमती पुनले बताइन ।
चेलीबेटी सुत्केरी भएपछि खानपानमा माइती पक्षको पनि दायित्व हुने यहाँको चलन छ । त्यसैले सुत्केरी ख्वाउनका लागि घरपक्ष र माईतीपक्ष दुवैले सामाग्रीको जोहो गर्ने गर्दछन् । ‘चामल, नुन ,तेल ,लोकल कुखुरा , सम्फो , हलेदो ,मेथी ,घिउ बोकेर माइती पक्ष भेट्न पुग्ने वा घरमै बोलाउने पहिल्यै देखिको चलन हो’– प्युठान नगरपालिका ६ माझकोटका ५५ वर्षीय शिवलाल सुनारले भने ।
माइतीलाई दायित्व चेलीलाई भरिलो:
सुख र दुखमा काँध थाप्ने परम्परा अझैसम्म चलनमै छ । अरू समयको भन्दा बढी खर्च भार हुने भएकाले पनि सुत्केरी स्याहारको दायित्व माइती पक्षले पनि बहन गर्ने पुरानो चलन हो । ग्रामीण क्षेत्रमा सवैतिर रहेको यो चलन जनजातिको बाहुल्यता रहेको समाजमा झनै गहन छ । बजारबाट किनेर भन्दा घरमै उत्पादन गरेर ख्वाउने चलनले स्वास्थ्यमा समेत विशेष टेवा पुग्ने गरेको छ । यो चलनले चेलीको नपुग्दो(अभाव)मा माइतीको कर्तव्य थप गर्ने र चेलीलाई माइतीको भर लाग्ने (भरिलो लाग्ने) प्युठान नगरपालिका ३ ओखरवोट निवासी १०६ वर्षिय वृद्धा दुरमती पुनले बताइन ।
गाउँको कोसेली निकै पोसिलोः
सुत्केरी स्याहारको क्रममा परालमा बसाल्ने परम्परागत चलनलाई सुधारेर गुन्द्रीमा र धुवाँ नहुने, न्यानो कोठामा सुत्केरी आमा र बच्चालाई बसाउँदा फाइदा पुग्ने घिमिरेले बताए ।
परम्परागत रूपमा चल्दै आएको सुत्केरी स्याहार र खानपानका बस्तुहरू आमा र बच्चाको स्वास्थ्यको लागि निकै लाभदायी हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले सुत्केरीका स्याहार लागि परम्परागत रूपमा प्रयोग हुँदै आएका खानेकुराहरू घिउ, लोकल कुखुरा, ज्वानो, हलेदो, मेथी जस्ता घरमै उत्पादन गरेका खानेकुरा स्वास्थ्यका हिसाबले सुत्केरीलाई फाइदा पुग्ने बताए । स्थानीय खानेकुरामा रासायनिक पदार्थ मिसावट नहुने हुँदा सुत्केरीका लागि लाभदायी हुने उनले बताए । त्यस्तै सुत्केरी स्याहारको क्रममा परालमा बसाल्ने परम्परागत चलनलाई सुधारेर गुन्द्रीमा र धुवाँ नहुने, न्यानो कोठामा सुत्केरी आमा र बच्चालाई बसाउँदा फाइदा पुग्ने घिमिरेले बताए ।