News Portal

रेडियो सुन्नुहोस्

सुत्केरीलाई भेट्न डोकोभरी कोसेली

बोम बहादुर परियार२०८१ श्रावण १६
११९३ पटक
२०८१ श्रावण १६

ओरालो बाटो झरेर थाकेका ८ जना महिलाहरू प्युठान नगरपालिका ५ ढुँगेठाँटी बजारमा पुगेर भारी बिसाउँछन् । प्रायको डोकाबाट कुखुराको भाले कराएको आवाज आउँछ । बाटो छेउमा आड लिएर भारी बिसाउँछन्, आफैले ल्याएको खाजा खान्छन् र अगाडी बढ्छन् ।

यो दृश्य देख्ने नयाँ मान्छेले सहजै अनुमान गर्न सक्दैन –‘उनीहरू सुत्केरी चेलीलाई भेट्न कोसेलि लिएर जादैछन्’ भनेर । प्युठान नगरपालिका ६ माझकोट करङ्गेकी २३ वर्षीय हुमा सुनार गत असार २४ गते सुत्केरी  भइन । उनै हुमालाई भेट्न भाउजू पार्वती सुनार सहित माइतीहरू प्युठान नगरपालिका ५ जुम्रिकाँडा ठुलोगाउँबाट माझकोट जाँदै थिए ।

प्युठानका ग्रामीण भेगमा अहिले पनि आफन्त सुत्केरी भएपछि कोसेली सहित भेट्न जाने चलन छ । “सहरमा महिला गर्भवती भएमा बेबी सावर गर्छन् तर, गाउँमा कुखुराको भाले, हलेदो, घ्यु जोहो गर्न थाल्छन् ।” प्युठान नगरपालिका वडा नं ५ का पूर्व वडाध्यक्ष लक्षुमन भण्डारीले भने– “सुत्केरीलाई पोसिलो खाना ख्वाउने र माइतीको माया दर्साउने यहाँको चलन निकै पुरानो हो।”

यो चलनले चेलीको नपुग्दो(अभाव)मा माइतीको कर्तव्य थप गर्ने र चेलीलाई माइतीको भर लाग्ने (भरिलो लाग्ने) प्युठान नगरपालिका ३ ओखरवोट निवासी १०६ वर्षिय वृद्धा दुरमती पुनले बताइन ।

चेलीबेटी सुत्केरी भएपछि खानपानमा माइती पक्षको पनि दायित्व हुने यहाँको चलन छ । त्यसैले सुत्केरी ख्वाउनका लागि घरपक्ष र माईतीपक्ष दुवैले सामाग्रीको जोहो गर्ने गर्दछन् । ‘चामल, नुन ,तेल ,लोकल कुखुरा , सम्फो , हलेदो ,मेथी ,घिउ बोकेर माइती पक्ष भेट्न पुग्ने वा घरमै बोलाउने पहिल्यै देखिको चलन हो’– प्युठान नगरपालिका ६ माझकोटका ५५ वर्षीय शिवलाल सुनारले भने ।

माइतीलाई दायित्व चेलीलाई भरिलो:

सुख र दुखमा काँध थाप्ने परम्परा अझैसम्म चलनमै छ । अरू समयको भन्दा बढी खर्च भार हुने भएकाले पनि सुत्केरी स्याहारको दायित्व माइती पक्षले पनि बहन गर्ने पुरानो चलन हो । ग्रामीण क्षेत्रमा सवैतिर रहेको यो चलन जनजातिको बाहुल्यता रहेको समाजमा झनै गहन छ । बजारबाट किनेर भन्दा घरमै उत्पादन गरेर ख्वाउने चलनले स्वास्थ्यमा समेत विशेष टेवा पुग्ने गरेको छ । यो चलनले चेलीको नपुग्दो(अभाव)मा माइतीको कर्तव्य थप गर्ने र चेलीलाई माइतीको भर लाग्ने (भरिलो लाग्ने) प्युठान नगरपालिका ३ ओखरवोट निवासी १०६ वर्षिय वृद्धा दुरमती पुनले बताइन ।

गाउँको कोसेली निकै पोसिलोः

सुत्केरी स्याहारको क्रममा परालमा बसाल्ने परम्परागत चलनलाई सुधारेर गुन्द्रीमा र धुवाँ नहुने, न्यानो कोठामा सुत्केरी आमा र बच्चालाई बसाउँदा फाइदा पुग्ने घिमिरेले बताए ।

परम्परागत रूपमा चल्दै आएको सुत्केरी स्याहार र खानपानका बस्तुहरू आमा र बच्चाको स्वास्थ्यको लागि निकै लाभदायी हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले सुत्केरीका स्याहार लागि परम्परागत रूपमा प्रयोग हुँदै आएका खानेकुराहरू घिउ, लोकल कुखुरा, ज्वानो, हलेदो, मेथी जस्ता घरमै उत्पादन गरेका खानेकुरा स्वास्थ्यका हिसाबले सुत्केरीलाई फाइदा पुग्ने बताए । स्थानीय खानेकुरामा रासायनिक पदार्थ मिसावट नहुने हुँदा सुत्केरीका लागि लाभदायी हुने उनले बताए । त्यस्तै सुत्केरी स्याहारको क्रममा परालमा बसाल्ने परम्परागत चलनलाई सुधारेर गुन्द्रीमा र धुवाँ नहुने, न्यानो कोठामा सुत्केरी आमा र बच्चालाई बसाउँदा फाइदा पुग्ने घिमिरेले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...