News Portal

रेडियो सुन्नुहोस्

हैजा लाग्न नदिन र लागिसकेपछि के गर्ने ?

२०८१ श्रावण २१
५८९ पटक
२०८१ श्रावण २१

प्युठानमा हैजाको आशङ्का गरी प्रदेश प्रयोगशालामा नमुना जाँच गर्न पठाइएका २ जना बिरामीलाई हैजा लागेको पुष्टि भएको छ । यसै सन्दर्भमा स्वास्थ्य कार्यालय प्युठानका कोलचेन निरीक्षक तथा द्रुत प्रतिकार्य टोली, कार्यक्रम फोकल पर्सन कोशलराज वैद्यलाई हामीले ५ प्रश्न सोधेका छौँ ।

–हैजा सङ्क्रमण के कारणले हुन्छ ?

हैजा झाडापखाला जस्तै लक्षण देखिने अत्यन्तै छिटो फैलने सङ्क्रामक रोग हो । यो अत्यन्तै तीव्र गतिमा फैलन्छ । मुख्यतया यो रोग सङ्क्रमित व्यक्तिको दिसामा रहेको भिब्रियो कलेरा नामक जीवाणुबाट फैलन्छ । हैजा प्राय गर्मी र वर्षा याममा बढी फैलेको पाइन्छ । दिशामा हुने हैजाको जीवाणु खाना र पानी (मुखको माध्यम) मार्फत स्वस्थ मानिसमा प्रवेश गर्दछ ।

–यसका लक्षणहरू के के हुन ?

हैजा झाडापखालाजन्य रोग भएकाले यो रोग लागिसकेपछि पखाला लाग्ने, चौलानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, कमजोर हुने, कडा जल वियोजनमा जाने, असाध्यै तिर्खा लाग्ने जस्ता लक्षणहरू देखा पर्दछन् ।

–हैजाको सङ्क्रमणबाट बाँच्न के गर्नुपर्छ ?

हैजाबाट बच्न खुला ठाउँमा दिसा पिसाव नगर्ने गर्नुपर्छ । यो दिसाबाट नै फैलन रोग हो । हामीकहाँ बालबालिकाको दिशालाई सामान्य रूपमा लिएको पाइन्छ । बालबालिकालाई पनि शौचालयमै दिसापिसाव गराउने वा शौचालयमै लगेर उनीहरूको दिसापिसाव विसर्जन गर्नुपर्दछ । हात धुँदा साबुन पानीको प्रयोग गर्नुपर्दछ । पानी उमालेरै पिउनु राम्रो हुन्छ । त्यसो नभएमा फिल्टर गरेर, पानी उपचार (क्लोरिन, पीयूष प्रयोग) गरेर स्वच्छ पानी पिउनुपर्छ । बासी सडे गलेका, झिँगा भन्केका खाना नखाने र राम्रोसँग पाकेको खाना खानुपर्छ । काँचै खाने खाना र फलफूल भए राम्रोसँग धोएर खानुपर्छ । पानीको मुहान सरसफाइ गर्ने र नियमित खानेपानी परीक्षण गर्नुपर्छ । स्थानीय तह र स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरेर स्वास्थ्य कार्यालय मार्फत पानी परीक्षण गराउन सकिन्छ । घरबाहिर जाँदा शुद्ध पानी घरबाटै बोकेर जाने बानी गर्नुपर्छ ।

–हैजा लागिसकेपछि के गर्नु पर्छ ?

हैजा अत्यन्तै सङ्क्रामक रोग हो । हैजाको कारण झाडापखालाले कडा जल वियोजन गराउन सक्ने र त्यसले शरीरका अन्य अङ्गमा नकारात्मक असर गर्न सक्ने हुनाले तत्काल (जतिसक्दो छिटो) स्वास्थ्य संस्थामा पुगेर उपचार गर्नु पर्दछ । साथै स्वास्थ्य वद्र्धक खानेकुरा खाने र अरूलाई सङ्क्रमित हुनबाट बचाउन ख्याल गर्नुपर्दछ । प्रशस्त मात्रामा पानी पिउनु पर्दछ ।

–हैजा लागेको बिरामीले के गर्नु हुँदैन ?

अति तीव्र रूपमा फैलने रोग भएकाले आफूलाई हैजाको शङ्का लागेमा उपचारमा कत्ति पनि ढिलाइ गर्नु हुँदैन । झारफुक र उपचारको ढिलाइ गर्दा बिरामीको ज्यान खतरामा पर्न सक्छ । प्युठान अस्पतालमा शुक्रवार आएका बिरामीहरूले ढिला गरेको भए मात्रै उनीहरूलाई बँचाउन निकै गाह्रो हुन्थ्यो । हैजा सङ्क्रमणको प्रारम्भिक अवस्थामा उपचार गरेमा सामान्य उपचारबाट पनि निको हुन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...