News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासंघको परिचयात्मक कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ पुस १४
७८४ पटक
२०८१ पुस १४

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र प्यूठान शाखा बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा, प्यूठानको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
शाखा अध्यक्ष श्रीराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने र यसको दुरुपयोग रोक्न कानुन बनाउने प्रक्रिया सुरु भइसकेको बताए । मिडियामा तथ्यगत समाचार लेख्नका लागि महासंघले भूमिका खेल्नु पर्ने खाँचो औल्याए । थापाले प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताप्रति आफ्नो पार्टी र सरकारको प्रतिबद्धता रहेको भएपनि सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले ठोस कदम चाल्ने संकेत दिए । उनले सामाजिक सञ्जालले सूचनाको आदानप्रदान र अभिव्यक्ति स्वतन्त्रतालाई अघि बढाएको भए पनि यसलाई व्यवस्थित र जिम्मेवार बनाउन कानुन आवश्यक भएको धारणा राखे । नेता थापाले सार्वजनिक शिक्षा, पत्रकारिता र सामाजिक सञ्जालको सन्तुलनमा जोड दिए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्र ऋषि चौलागाईंले मिडियालाई सामाजिक न्याय र विकासको पक्षमा उभ्याउन आफ्नो नेतृत्वले योगदान पू¥याउन भूमिका खेल्ने बताए । कार्यक्रममा पत्रकार महासंघ लुम्बिनीका पदाधिकारी तथा सदस्यहरु, पत्रकार महासंघ प्यूठानका पूर्वअध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...