News Portal

रेडियो सुन्नुहोस्

पत्रकार महासंघको परिचयात्मक कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ पुस १४
६१९ पटक
२०८१ पुस १४

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र प्यूठान शाखा बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा, प्यूठानको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
शाखा अध्यक्ष श्रीराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने र यसको दुरुपयोग रोक्न कानुन बनाउने प्रक्रिया सुरु भइसकेको बताए । मिडियामा तथ्यगत समाचार लेख्नका लागि महासंघले भूमिका खेल्नु पर्ने खाँचो औल्याए । थापाले प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताप्रति आफ्नो पार्टी र सरकारको प्रतिबद्धता रहेको भएपनि सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले ठोस कदम चाल्ने संकेत दिए । उनले सामाजिक सञ्जालले सूचनाको आदानप्रदान र अभिव्यक्ति स्वतन्त्रतालाई अघि बढाएको भए पनि यसलाई व्यवस्थित र जिम्मेवार बनाउन कानुन आवश्यक भएको धारणा राखे । नेता थापाले सार्वजनिक शिक्षा, पत्रकारिता र सामाजिक सञ्जालको सन्तुलनमा जोड दिए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्र ऋषि चौलागाईंले मिडियालाई सामाजिक न्याय र विकासको पक्षमा उभ्याउन आफ्नो नेतृत्वले योगदान पू¥याउन भूमिका खेल्ने बताए । कार्यक्रममा पत्रकार महासंघ लुम्बिनीका पदाधिकारी तथा सदस्यहरु, पत्रकार महासंघ प्यूठानका पूर्वअध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...