News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानीको अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २६
५३६ पटक
२०८१ पौष २६

राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

बिहीबार चुजाठाटिमा सम्पन्न भएको अधिवेशनले मेग बहादुर रानाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिव मोहन केसी , सह सचिव चन्द्रिका नेपाली र कोषाध्यक्ष शर्मिला बुढामगर रहेका छन् ।  

मेग बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिसदका सदस्य शोभाराम भण्डारी रहेका थिए । कार्यक्रममा बोल्दै भण्डारीले मल्लरानीमा जडसुत्रवाद र तानासाह प्रवृत्ति रहेको बताउँदै युवा सक्ती विना जुनसुकै पाटीको विकास हुन नसक्ने बताए ।

कार्यक्रमका विशेष अतिथि पूर्व मन्त्री एवम् लुम्बिनी प्रदेशसभा सदस्य माननीय सांसद  तुलसीराम शर्माले नीति विचार र सिद्धान्तमा नेकपा एमाले कहिल्यै नचुक्ने बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य  श्रीधर रोकाले देशको जुनसुकै कालखण्डको विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । 

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य दीपा पौडेल , प्यूठान जिल्ला उपसचिव ईश्वरा आचार्य, राष्ट्रिय युवा सङ्घ नेपाल प्यूठानका अध्यक्ष बिसेक थापा, युवा सङ्घका केन्द्रीय सदस्य विजय कोइराला, केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज पि.एम पुन मगर, एमाले प्यूठानका सचिवालय सदस्य पशुपति नारायण नकर्मी, एमाले मल्लरानीका अध्यक्ष नोमराज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन बोम बहादुर परियारले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...