News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानीको अधिवेशन सम्पन्न

झुलेनी नेटवर्क२०८१ पौष २६
५०६ पटक
२०८१ पौष २६

राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

बिहीबार चुजाठाटिमा सम्पन्न भएको अधिवेशनले मेग बहादुर रानाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिव मोहन केसी , सह सचिव चन्द्रिका नेपाली र कोषाध्यक्ष शर्मिला बुढामगर रहेका छन् ।  

मेग बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिसदका सदस्य शोभाराम भण्डारी रहेका थिए । कार्यक्रममा बोल्दै भण्डारीले मल्लरानीमा जडसुत्रवाद र तानासाह प्रवृत्ति रहेको बताउँदै युवा सक्ती विना जुनसुकै पाटीको विकास हुन नसक्ने बताए ।

कार्यक्रमका विशेष अतिथि पूर्व मन्त्री एवम् लुम्बिनी प्रदेशसभा सदस्य माननीय सांसद  तुलसीराम शर्माले नीति विचार र सिद्धान्तमा नेकपा एमाले कहिल्यै नचुक्ने बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य  श्रीधर रोकाले देशको जुनसुकै कालखण्डको विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । 

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य दीपा पौडेल , प्यूठान जिल्ला उपसचिव ईश्वरा आचार्य, राष्ट्रिय युवा सङ्घ नेपाल प्यूठानका अध्यक्ष बिसेक थापा, युवा सङ्घका केन्द्रीय सदस्य विजय कोइराला, केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज पि.एम पुन मगर, एमाले प्यूठानका सचिवालय सदस्य पशुपति नारायण नकर्मी, एमाले मल्लरानीका अध्यक्ष नोमराज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन बोम बहादुर परियारले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...