

२०८२ पौष ७राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको चौथो जिल्ला अधिवेसन सम्पन्न भएको छ ।
शनिवार पुण्यखोलामा सम्पन्न अधिवेशनले थानेस्वर न्यौपानेको नेतृत्वमा २१ सदस्यिय नया कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्ष कमल परियार , जगत जि.सी, विजुला सजिसी , प्रथम गुरुङ, बसन्तलाल पुरी र अस्मिता बुढाथोकी सचिव शेरसिङ थापा मगर , सहसचिव केशव केसी ,जान बहादुर पुन ,लक्ष्मी न्यौपाने ,केसव पुन , कोषाध्यक्ष अर्जुन न्यौपाने , सदस्यहरु मिन बहादुर जिसी , यज्ञबहादुर जिसी ,भगवती दाहाल , तुलसा न्यौपाने ,अनिल पन्थी ,प्रवेश धामी , सान्ती राना र राधिका शाह रहेका छन ।
सपथ लिदै नया निर्वाचित अध्यक्ष थानेस्वर न्यौपानेले सम्पुर्ण स्वास्थ्यकर्मी संघमा आवद्द सदस्यहरुको हकहितमा सदैव अगाडी रहने बताए । साथै उनले स्वास्थ्य सेवालाई जिम्मेवार र परिणाममुखी बनाई जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न आफू जिम्मेवार भएर लाग्ने प्रतिवद्दता व्यक्त गरेका छन ।
मिन बहादुर थापाको अध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अथिति गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी रहेका थिए ।
कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सचिव कोसलराज बैद्य , ट्रेड युनियन प्यूठानका उपाध्यक्ष हरि प्रसाद जैसी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन विष्णु थापाले गरेका थिए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।












