News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको दरवानमा प्रहरी नियन्त्रणमा रहेका ५७ जनालाई ५ घण्टापछि घर पठाइयो

नोमराज पौडेल चैत्र ११, २०७६
१६७५ पटक
चैत्र ११, २०७६

कोरोना भाइरसको संक्रमण जिल्लामा फैलिन नदिनका लागि देशभरि नै लकडाउन गर्ने भनिए पनि प्यूठानमा अवज्ञा गरेको भन्दै प्रहरीले दरवानमा रोकेर राखेका यात्रुलाई गन्तव्यमा पठाएको छ।
३५ वटा मोटरसाईकलमा सवार ५७ जनालाई सम्झाईबुझाई गरेर गन्तव्यतर्फ पठाएको प्यूठान जिल्लाका निमित्त प्रहरी प्रमुख पोषणराज ढकालले बताउनुभयो। उहाँका अनुसार दांगको भालुवांगबाट प्यूठानतर्फ आउँदै गरेका ३५ वटा मोटरसाईकलमा सवार ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सरकारले विहान ६ बजे देखि आवतजावतमा रोक लगाए पनि मोटरसाइकलमा सवारलाई दरवानमा हेल्थ डेक्समा चेकजाँच पछि प्रहरीले नियन्त्रणमा राखेको थियो ।सरकारले नेपाल लग डाउन गर्ने निर्णय गरेसंगै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रहरीले आग्रह गरेको छ। बिहान केहि छिटपुट रुपमा हिडेका ब्यक्तिहरुलाई प्रहरीले सम्झाएर पठाएको निमित्त प्रहरी प्रमुख ढकालले बताउनुभयो। उहाँले भन्नु भयो –“बिहान बजारमा केहि मानिसहरु देखिएका थिए , स्वास्थ्य संवेदनशिलतालाई ख्याल गर्न भन्दै उनीहरुलाई सम्झाएर घर घरमा पठाएका छौं । ” उहाँले हेलचक्राई नगरि सुरक्षित भएर घरभित्र बस्न आग्रह समेत गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानले जिल्लाभर भिडभाड र समुहमा हिड्न नदिनका लागि २३ गस्ती , गाउँगाउँमा १० वटा मोटरसाइकल मोवाइल, बजार क्षेत्रमा ४ वटा गाडी मोबाईल परिचालन गरिएको निमित्त प्रमुख ढकालले जानकारी दिनुभयो। सरकारी निर्णयको उल्लंघन नहोस भन्नका लागि नेपाल प्रहरी प्यूठानले उच्च सतर्कता अपनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...