News Portal

रेडियो सुन्नुहोस्

कृषकका लागि निःशुल्क कृषि एम्बुलेन्स सञ्चालन

सिखबर संवाददाता१३ वैशाख
११६४ पटक
१३ वैशाख

कोरोना भाईरसको संक्रमणका कारण मुलुक लकडाउन भएपछि कृषकहरुले उत्पादन गरेका तरकारीहरु घरमै कुहिन थालेपछि जिल्लामा कृषि एम्बुलेन्स मार्फत बजारसम्म ढुवानी गरिने भएको छ।
लकडाउनका कारण बजारमा तरकारीको अभाव र स्थानिय स्तरका कृषकहरुले उत्पादन गरेका तरकारी तथा पशुजन्य बस्तुले बजार नपाएको गुनासो बढेपछि कृषि एम्बुलेन्स मार्फत सेवा प्रदान गर्न लागिएको कृषि एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समिति प्यूठानका अध्यक्ष गिरीराज पौडेलले बताउनुभयो।
जिल्लामा कृषकले उत्पादन गरेका बस्तुहरुलाई नि ःशुल्क रुपमा बजारसम्म ढुवानी गरिने उहाँले जानकारी दिनुभयो।
लकडाउन अवधिभर ढुवानीका लागि एम्बुलेन्स चालकको भत्ता र खाना खर्च कृषकले व्यहोनुपर्ने छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ५ नं. प्रदेशले ढुवानी खर्च व्यहोर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो।
प्रदेश सरकारको अनुदानमा जिल्लामा ३ वटा कृषि एम्बुलेन्स रहेका छन्।
प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले विजुवार जुम्रीमा एम्बुलेन्समा टाँसिएको व्यानेर पढेर उद्घाटन गर्नुभएको छ। उहाँले कृषकलाई अत्यन्तै राम्रो कार्यक्रम भएकोले आफुले उत्पादन गरेका बस्तुले बजार नपाएको भए खवर गर्न समेत आग्रह गर्नुभयो। कृषि एम्बुलेन्स सञ्चालन गर्न सहयोग गरेकोमा मेयर कक्षपतिले ५ नं प्रदेश सरकारलाई धन्यवाद समेत दिनुभयो।
एम्बुलेन्सले आज प्यूठान नगरपालिका २ निवासी झक बहादुर जि.सीले उत्पादन गरेका कुखुराको अण्डा लिएर मल्लरानी गाउँपालिका वडा नं ३ चुजाँठाटी बजारमा गएका छन्।
लोकल कुखुराको अण्डाले बजार नपाएर चिन्तामा रहेको वेला प्रदेश सरकारले जिल्लामा राम्रो कार्यक्रम संचालन गरेर आफुले उत्पादन गरेका अण्डा बजारसम्म ल्याउन निःशुल्क ढुवानीको व्यवस्था गरिदिएकोमा कृषक जि.सीले खुसी ब्यक्त गर्नुभयो।
उपभोक्ताको मानव अधिकारको रक्षा र बजारमा उपभोक्ताले खान पाउनुपर्ने अधिकारको रक्षा हुने भएकोले जिल्लामा कृषि एम्बुलेन्स सञ्चालन गरेर प्रदेश सरकारले धेरै राम्रो काम गरेको जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक बिजय सिंह भारतीले बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...