News Portal

रेडियो सुन्नुहोस्

कृषकका लागि निःशुल्क कृषि एम्बुलेन्स सञ्चालन

सिखबर संवाददाता१३ वैशाख
८४६ पटक
१३ वैशाख

कोरोना भाईरसको संक्रमणका कारण मुलुक लकडाउन भएपछि कृषकहरुले उत्पादन गरेका तरकारीहरु घरमै कुहिन थालेपछि जिल्लामा कृषि एम्बुलेन्स मार्फत बजारसम्म ढुवानी गरिने भएको छ।
लकडाउनका कारण बजारमा तरकारीको अभाव र स्थानिय स्तरका कृषकहरुले उत्पादन गरेका तरकारी तथा पशुजन्य बस्तुले बजार नपाएको गुनासो बढेपछि कृषि एम्बुलेन्स मार्फत सेवा प्रदान गर्न लागिएको कृषि एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समिति प्यूठानका अध्यक्ष गिरीराज पौडेलले बताउनुभयो।
जिल्लामा कृषकले उत्पादन गरेका बस्तुहरुलाई नि ःशुल्क रुपमा बजारसम्म ढुवानी गरिने उहाँले जानकारी दिनुभयो।
लकडाउन अवधिभर ढुवानीका लागि एम्बुलेन्स चालकको भत्ता र खाना खर्च कृषकले व्यहोनुपर्ने छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ५ नं. प्रदेशले ढुवानी खर्च व्यहोर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो।
प्रदेश सरकारको अनुदानमा जिल्लामा ३ वटा कृषि एम्बुलेन्स रहेका छन्।
प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले विजुवार जुम्रीमा एम्बुलेन्समा टाँसिएको व्यानेर पढेर उद्घाटन गर्नुभएको छ। उहाँले कृषकलाई अत्यन्तै राम्रो कार्यक्रम भएकोले आफुले उत्पादन गरेका बस्तुले बजार नपाएको भए खवर गर्न समेत आग्रह गर्नुभयो। कृषि एम्बुलेन्स सञ्चालन गर्न सहयोग गरेकोमा मेयर कक्षपतिले ५ नं प्रदेश सरकारलाई धन्यवाद समेत दिनुभयो।
एम्बुलेन्सले आज प्यूठान नगरपालिका २ निवासी झक बहादुर जि.सीले उत्पादन गरेका कुखुराको अण्डा लिएर मल्लरानी गाउँपालिका वडा नं ३ चुजाँठाटी बजारमा गएका छन्।
लोकल कुखुराको अण्डाले बजार नपाएर चिन्तामा रहेको वेला प्रदेश सरकारले जिल्लामा राम्रो कार्यक्रम संचालन गरेर आफुले उत्पादन गरेका अण्डा बजारसम्म ल्याउन निःशुल्क ढुवानीको व्यवस्था गरिदिएकोमा कृषक जि.सीले खुसी ब्यक्त गर्नुभयो।
उपभोक्ताको मानव अधिकारको रक्षा र बजारमा उपभोक्ताले खान पाउनुपर्ने अधिकारको रक्षा हुने भएकोले जिल्लामा कृषि एम्बुलेन्स सञ्चालन गरेर प्रदेश सरकारले धेरै राम्रो काम गरेको जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक बिजय सिंह भारतीले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ ।...

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...