News Portal

रेडियो सुन्नुहोस्

सामाजिक सञ्जालको प्रयोग र यसको प्रभाव

सिता न्यौपाने
४९७८ पटक

सामाजिक संजाल एउटा ऐना हो।मानवद्वारा रचित समुह वा संगठनलाई एक आपस मा जोड्ने जस्तैः फेसबुक, ट्विटर, ह्वाट्सएप, भाइबर ,युटुब स्काइप, लिङ्करेस्ट, स्न्यापच्याट, लाइन ,इन्स्टाग्राम, उइच्याट, टिकटक तथा अन्य माध्यमलाई सामाजिक संजाल भनिन्छ। अर्को अर्थमा कुनै एकाउन्ट खोली आफ्ना मनमा लागेका कुराहरु आदानप्रदान गर्ने टिका टिप्पणी गर्ने विद्युतिय माध्यम सामाजिक संजाल हो।सामाजिक संजालका यी माध्यमबाट च्याट भ्वाइस कल भिडियो कल गर्न तथा फोटो भिडियो अपलोड गर्न समेत सकिन्छ। यसको कार्य क्षेत्र एकदमै फराकिलो हुन्छ।
विभिन्न सामाजिक संजाल मध्ये फेसबुक मिडिया विश्वमा सवैभन्दा ठुलो साबित भएको संजाल हो । मार्क जुगर वर्गले सन २००४ फेब्ुअरी ४ मा यसको सुरुवात गरेका थिए ।अहिले यो १७ वर्ष पुरा भैसकेको छ । विश्वमा २ अर्ब ३२ करोड भन्दा बढीले फेसबुक प्रयोग गर्छन्।
सन २००८ को तथ्यांकलाई हेर्ने हो भने विश्वमा ४.०२१ विलियन ईन्टरनेट प्रयोग गर्छन् , त्यसमध्ये ३.१६९ विलियन सामाजिक संजाल प्रयोगकर्ता छन।फेसबुक पछि विश्वमा बढी चल्ने सामाजिक संजाल क्रमशः युटुब, ह्वाट्सयप स्न्यापच्यट उइच्याट इन्स्टाग्राम आदि हुन्। नेपालको सन्दर्भमा करीब ९५५ ले फेसबुक र क्रमशः ट्विटर लिङ्कडेन युटुब गुगलप्लस जस्ता सामाजिक संजालहरु प्रयोग हुने गरेको छ।
प्रविधिको सहज पहुँचका कारण सामाजिक संजालको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । तुलनात्मक रूपमा सामाजिक संजालमा युवा पुस्ताको बढी सक्रियता देखियता पनि बालबालिका र वृद्धवृद्वा समेत उत्तिकै आकर्षित छन । सामाजिक संजाल प्रयोग ऐन कार्यविधि २०७५ स्वीकृत भए सँगै सबै सरकारी कार्यालयले सेवाग्राहीलाई सूचना प्रदान गर्न अनिवार्य सामाजिक संजाल प्रयोग गर्नुपर्ने भएको छ । सामाजिक संजालको प्रयोगकै कारण मान्छेले थुप्रै प्रगति गरेका छन् ।संसारको जुनसुकै कुनामा के भइरहेको छ जानकारी पाउन सकिन्छ। विश्वस्तरमा भाइचाराको सम्बन्ध गासिएको छ।
बिद्यार्थीका लागि इ( लर्निङ्ग उपभोक्ताका लागि इ( सपिङ्ग व्यापारीका लागि इ( विजनेस र इ( बैङ्किङ्ग सबै हातमा र साथमा हुन्छन् । कलाकार शिक्षक कर्मचारी बिद्यार्थी अभिभावक गृहणी सर्वसाधारण सम्पुर्णमा यसको उत्तिकै महत्व छ । यो हो कि सामाजिक संजालको प्रयोग सहि ढंगले गर्नुप¥यो ।
सामाजिक संजालका यस्ता उपयोगिता र फाइदा हुदाहुदै पनि यसका नकारात्मक प्रभावहरु र परिणामहरु सुन्दै देख्दै आएका छौँ । झुट्कल्पित र अश्लील कुराहरुले कसैको चरित्र हत्या गर्ने तथा समाजमा विकृती विसङ्गती फैलिएको छ । यस कारण संजाल नै गलत हो कि भन्ने प्रश्न खडा भएको छ । यसको दुरुपयोगका कारण पारिवारिक विखण्डन मात्र होइन आफन्त साथी भाइ मित्रताको साइनो समेत तोडिएको प्रयाप्त उदाहरणहरु छन। घन्टौँ सामाजिक संजालमा भुलिरहदा मान्छेको एकातिर समय खेर गइरहेको छ भने अर्को तिर व्यक्तिको बौद्विकता र सिर्जनशिलता हराएको छ । मानिस सामाजिक भन्दा असामाजिक बनी हिंसात्मक तर्फ गइरहेको छ । यसकारण साइबर क्राइम बढिरहेको छ । जुन विश्वको सबैभन्दा ठुलो सुरक्षा चुनौति हो ।
यस्ता कारणहरुले गर्दा विभिन्न समयमा सामाजिक संजाल बन्द गर्ने हल्ला आउछन् ।कुनै देशमा कुनै संजाल बन्द पनि गरिएका छन । यस्ता विषयमा राज्य र हामी गम्भीर हुन ढिला भैसकेको छ ।
गजबको कुरा यो छ कि मानिसहरू सामाजिक संजालमा हेपिन्छ्न पिडा सहन्छ्न तर प्रयोग गर्न छाडदैनन वढा चाखलाग्दो छ । अब सामाजिक संजालको सहि प्रयोग गर्ने जिम्मा तपाईं र हाम्रो हातमा छ । सामाजिक संजाल भन्दा पनि पहिले विकसित भएको हाम्रो दिमागलाई प्रयोग गरौँ ।कुनै क्राइम हुन नदिऊ ।
अन्त्यमा सामाजिक संजाल प्रयोग गर्ने तपाईं हामी सबैले यसको सदुपयोग गरौँ नयाँ कुरा खोजौ रमाउ ।संसार चिनौ मस्त खुसी बाडौ ।अब हाम्रो कर्तव्य भनेको विज्ञानले दिएको अदभूत देनलाई रचनात्मक र सकारात्मक कार्यमा प्रयोग गर्नु हो।

साभार ः लिस्ने जनसञ्चार साप्ताहिक

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...