News Portal

रेडियो सुन्नुहोस्

महिला हिंसाले जरा गाडेको समाज

सुजाता थापा क्षेत्री२०७८ असाेज १२, प्यूठान
११९५ पटक
२०७८ असाेज १२, प्यूठान

महिलाको विरुद्धमा हुने सम्पूर्ण हिंसात्मक कार्यहरू नै महिला हिंसा हो । यस्तो प्रकारको हिंसाले कुनै पिडितको लिङ्गलाई प्राथमिकतामा राखेर कुनै विशेष समूहलाई लक्षित गरेको हुन्छ । यस्तो हिंसा लिङ्गमा आधिरित हुन्छ अर्थात महिला भएकै कारण कसैले यस्तो हिंसाको शिकार बन्नु परेको छ ।
महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मपूर्व देखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुर्व्यवहारलाई बुझाउँछ ।

यस्ता हिंसा महिला विरुद्ध महिला र पुरुष दुवैले गर्ने गरिन्छ । यसले समाज विकासको क्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । खास गरी महिलाहरूको जैविक बनावटलाई आधार बनाएर समाजले महिलाहरूलाई गर्ने व्यवहारले हरेक महिलाको प्रगतिको बाधक बनिरहेको अवस्था रहेको छ ।
परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको संख्या उल्लेख्य छ । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वन्चित छन् ।

प्राचीन समय देखि नै बलात्कार, यौन हिंसा तथा घरेलु हिंसा जस्ता अनेकौ महिला विरुद्धका हिंसाहरू हुदै आएको पाइन्छन ।
नेपाल पुरूष प्रधान समाज भएको कारण परम्परागत सोचमा अझै परिवर्तन आउन सकेको छैन । महिलाले दाईजो नल्याएका कारण यातना सहनु पर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, छोराको मोहमा गर्वपतन, बालविवाह, बहुबिवाह, देहव्यपार, गरीबी, बेरोजगारी, मानसिक यातना, गालीगलौज, जवरजस्ती करणी, बैवाहिक बलत्कार, बहुविवाह, चेलीबेटी बेचविखन र ओसारपसार, हाडनातामा करणी, वैदेशीक रोजगारीको नाममा ठगी, यौन शोषण, अत्याधिक काम, यौन दुरूत्साहन, यौन शोषणलगायतका हिंसाले यहाँको समाज अछुतो रहेको छैन । राज्यको संरचनाले नै महिलाहरूको सही र न्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरूष प्रधान मानसिकताले गर्दा महिला नेतृत्व अगाडि आउननसकेको हो ।

रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिककोरूपमा हेरिनु, समान अवसरबाट वञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलता र शरीरमाथि अरूले नियन्त्रणगर्ने प्रवृतिको कारण पनि महिला माथि हिंसा भएको अवस्था छ ।

छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमानलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन । घरको काममा अल्झाई राख्ने, वस्तुभाउहेर्न पठाउने गर्नाले पुरूषको तुलनामा महिला अशिक्षित छन् । अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार र अस्तित्ववाट विमुख हुनु परेको छ । शिक्षा र स्वास्थ्यमा छोरा सरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन् । हिंसा घरैबाट उत्पन्न हुने गरेको छ । यसको न्यूनीकरण घरदैलोबाटै महिला पुरूष मिलेर गर्न सक्नुपर्छ । महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको पाइन्छ ।

महिला हिंसाका विरूद्ध कानून बनेपनि पुर्ण रुपमा लागु हुन सकेको छैन । समाजले के भन्ला ? भनि धेरै महिला आफुले हिंसा सहेर बस्ने गरेको पाइन्छ । यसैका कारण पनि धेरै महिला हिंसाका घटना बाहिर आउदैनन् । कुनै महिलाले आफु हिंसामा परेको महसुस गरी आवाज उठाउन चाहेमा त्यस महिलाको आवाज कुसंस्कारी महिलाको ट्याग लगाइन्छ । महिला भएर कसरी बोल्नु पर्छ? रहनसहन, चालचलन अनेकौ कुरा लिएर संस्कारमा जोडिइन्छ ।

पुरूषहरू आफैँले वा पितृसत्तात्मकसोचको शिकार भएका केही महिलाहरूले महिलाहरूलाई हेला गर्ने÷हेप्ने, कुटपिट गर्ने, जोखिमपूर्ण काममा लगाउने,एक्लै हिँडडुल गर्न नदिने, पोषणयुक्त र पेटभरी खान नदिने, तिरस्कार गर्ने, बेइज्जत गर्ने, बेवास्ता गर्ने जस्ताव्यवहारका कारण महिलाहरू शारीरिक मानसिक र संवेगात्मकरूपमा कमजोर हुने गरेका छन् । समाजले पनिसम्पति माथिको अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति जस्ता महत्वपूर्ण तहमा महिलामाथि भेदभावगर्नाले पनि महिला माथि हुने हिंसाका घटनाले प्रश्रय पाएको कुरा हामी सबैको सामु र्छलङ्ग छ । महिला माथिहुने यस्ता प्रकारका हिंसाहरूका कारण महिलाहरूको आत्मबल कमजोर हुन गई सामाजिक इज्जत प्रतिष्ठाको डरमानेर घर परिवार समाज, कार्य क्षेत्र र राज्य तहमा हुने गरेका सबै प्रकारका हिंसालाई मौनरूपमा स्वीकार्न वाध्यछन् भने राज्य स्तरमा भएका कानुन सर्वसाधारणको पहुँच भन्दा बाहिर रहनाले पनि महिला हिंसालाई प्रश्रयपुगेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...