२० वर्षदेखि रागोँ डोराइरहेका छन, प्यूठान नगरपालिका १ खैरा निवासी डोर्नेबहादुर सुनार । उनको परिवार रागोको कमाइले पालेको छ । हाल उनीसंग रहेको रागो ८ औं नम्बरको हो ।
गाउँका विभिन्न ठाउँहरुमा दाम्लोले रागो डोराउदै हिडीरहेको उनी जहिल्यै भेटिन्छन् । खैरा जन्मथलो भएता पनि प्यूठान नगरपालिका ३ मा बसोबास गर्दै आएका छन् । उनी प्राय रोगोको हेरचाहमै व्यस्त देखिन्छन । गाउँलेको भैसीलाई बाली लगाउनको लागि उनले रागो किसानको घरमै पु¥याउले सेवा दिन्छन् ।
प्यूठान नगरपालिकाका विभिन्न स्थानमा उनि कसैले फोन ग¥यो भने तुरुन्तै रागो लगेर पुग्छन । उनले मुर्रा जातको रागो पालेका छन । ‘मुर्राजातको रागो भएकाले प्राय यसको माग छ,’ सुनारले भने, ‘म २० वर्ष देखि रागो पालेको छु ।’ रागो डोराउदै हिड्ने सुनारको दैनिकी नै हो । ‘कसैले फोन ग¥यो भने म जसरी पनि त्यहाँ पुग्छु,’ सुनारले हास्दै भने ,‘पल्लो गाउँ वल्लो गाउँ हिड्ने मेरो दैनिकी नै हो ।’
५७ वर्ष पुगेका सुनारको हिड्नमा जोस निकै छ । लामो समय देखि रागो पाल्दै आएका सुनारले वार्षीक ३ लाख सम्म कमाई हुने गरेको सुनाउँछन । रागो बाटै घरव्यवहार चलेको उनि बताउँछन । रोगोबाट सुनारलाई फाइदा मात्र नभएर एउटा चिनिने बाटो पनि भएको छ । उनले हास्दै भने “बाटोमा हिड्दै गर्दा रागोँदाई आयो भनेर मलाई चलाउछन खुसी लाग्छ ।”
सुरुमा घरमै पालेको भैसिले पाडो जन्माएपछि उनले त्यसलाई राम्रो सुसार गरि ठुलो बनाई रागो व्यवसाय गर्न थालेको बताए । हाल उनि संग १ लाख १५ हजार पर्ने रागो छ । प्यूठान नगरपालिका ले ४० हजार अनुदान समेत दिएको उनले बताए । जस्तै घाम, पानि भए पनि उनी निरन्तर काममा लाग्छन । रागोले दैनिक २ देखि १० भैसि बाली लाग्ने गरेको सुनारले बताए । एक भैसि लगारिए बापत घरमै भए १ हजार ५ सय र ठाउँ हेरी दुइ हजार ५ सय र टाढा जान परे ३ हजार सम्म फि लिने गरेको सनुरले सुनाए । ‘जे गरे पनि एउटा पेसा गर्ने हो उनले भने,‘याे बाट म खुसी, यसैले मेरो परिवार पालेको छ ।’