News Portal

रेडियो सुन्नुहोस्

अर्खाका आगलागी पीडित परिवारका विद्यार्थीलाई विद्यालयको सहयोग

मित्र थापा२०७८ मंसिर ०६
८७० पटक
२०७८ मंसिर ०६

अर्खा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका–१, प्यूठानले आज घर आगलागी पीडित विद्यार्थीलाई बिद्यालय ड्रेस (कपडा) सहयोग गरेको छ ।

गौमुखी गाउँपालिका–१, अर्खा निवासी नरु वितालुको गत मंसिर २१ गते तिहारको भाेलिपल्ट घरमा आगलागी भएको थियो । समुहलाई तिर्न भनि राखेको ५० हजार नगद सहित घरका अन्नबालि, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो ।

उनका छोरा मनु वि.क. कक्षा १० र तिर्थ बहादुर बि.क. कक्षा ६ मा अध्ययनरत छन् । सोमबार उनिहरुलाई बिद्यालयले १÷१ सेट बिद्यालय ड्रेस तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

साथै अर्खा मा. वि. यूवा रेडक्रस सर्कलद्वारा विद्यालयमा कक्षा ४ देखि १० सम्मका बालबालिकालाई आफ्नो घर बाट १÷१ माना कोदो वा मकै अन्न बाली उठाई दिन समेत अनुरोध गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालनमा

विजुवार बजार देखी प्यूठान अस्पताल जाने सडक एकतर्फी सञ्चालन हुने भएको छ । उक्त सडक...

विपद् पूर्वको तयारी आवश्यक

विपद् पूर्वको लगानीले ठूलो क्षतिबाट बचाउने सरोकारवालाहरुले बताएका छन् । विपद पूर्वको जोखिम व्यवस्थापन र...

घुम्नजाऔँ गौमुखी शुभारम्भ

‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण...

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान...

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...