News Portal

रेडियो सुन्नुहोस्

शहिद उमेशचन्द्र थापाको १६ औं स्मृति कार्यक्रम बिजुवारमा

तेजेन्द्र बि. एम.२०७८ माघ २६
१३८९ पटक
२०७८ माघ २६

जनआन्दोलन २०६२ / ०६३ मा मारिएका शहिद उमेशचन्द्र थापाको १६ औं स्मृति कार्यक्रम उमेश स्मृति प्रतिष्ठानको भवन बिजुवारमा भएकोे छ । बुधबार शहिद थापाको स्मृति दिवसको अवसर पारेर नेकपा एमाले प्यूठानले उनको सम्झनामा कार्यक्रम गर्दैे तस्विरमा माल्यार्पण गरि दिवस मनाएको हो ।

उनको आजकै दिन अर्थात माघ २६ गते देहावसान भएको थियो । प्यूठानको सामाजिक कार्यमा महत्वपुर्ण योगदान पु¥याएका सहिद थापाको योगदानको स्मरणमा प्रत्येक वर्ष पार्टीले थापाको स्मृतिमा विविध कार्यक्रमहरु गर्दै आईरहेको छ ।

राजा ज्ञनेन्द्रले आफ्नो निरंकुश शासन टिकाइराख्न २०६२ साल माघ २६ गते गरिएको कथित नगर निर्वाचनलाई असफल पार्नका लागि दाङमा सडकमा उत्रिएको वेला नेपाली सेनाले चलाएको गोली लागी थापाको ज्यान गएको थियो ।

नेकपा एमालेको पार्टी कार्यालय (उमेश स्मृति प्रतिष्ठान) बिजुवारमा गरिएको कार्यक्रमको अध्यक्षता जिल्ला पार्टी अध्यक्ष विजय बिराज बिष्टले गरेका थिए भने सञ्चालन पार्टी सचिव माधव शर्माले गरेका थिए ।

को हुन् शहिद उमेश ?
उमेशचन्द्र थापा विसं २०१२ असोज १० गते प्युठानमा जन्मिएका थिए । आमा फनिदेवी थापा र बुबा भोज बहादुर थापाको कोखबाट प्युठानको बरौलामा जन्मिएका थापा समाजप्रति कर्तव्यनिष्ठ, न्यायप्रेमी, साहसी र निडर नेताको रुपमा परिचित हुँदै आएका थिए ।

सानैदेखि आत्मविश्वासी र लगनशील व्यक्तिको रुपमा चिनिएका उमेशको शिक्षा स्नातकसम्मको हो । प्युठानकै बिजुली गाविसमा रहेको तत्कालीन जनता मावि र मुक्ति विद्यालयमा अध्ययनपछि दाङको घोराहीमा बसाइ सरेर गएका थिए ।

उच्च शिक्षा घोराही भरतपुर स्थित महेन्द्र बहुमुखी क्याम्पसमा शुरु गरेका उमेशले विद्यार्थी कालदेखि नै राजनीति शुरु गरेका हुन् । प्युठानकै वामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्युठानबाटै राजनीतिक जीवन शुरु गरेका थिए ।

कम्युनिष्ट घटकको रुपमा उनले राजनीति शुरु गर्दा विद्यार्थी राजनीतिको अवस्था समेत कमजोर थियो । तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उनले काम गरेको नेकपा दाङका नेता टीकाराम खड्काको भनाई छ ।

विसं २०३५/३६ तिरको वामपन्थी विद्यार्थी आन्दोलनका कारण उमेशको छवि वजनदार बनेको उनका समकक्षीहरु बताउँछन् । थापा विद्यार्थी राजनीति गरेकै कारण तुलसीपुरमा चार महीना जेल जीवन समेत भोग्न बाध्य भएका थिए ।

थापाले नगर कमिटी सदस्य समेत भएर काम गरेका थिए । उनको आफ्नै प्रेस थियो । प्रेस चलाएर बस्ने भएकाले पनि सम्पूर्ण समय पार्टीलाई दिन नसकेका थापाले पार्टीले भनेका कामहरु कर्तव्यनिष्ठ भएर गर्थे ।

थापाले विवाह प्युठानबाटै गरे । विद्यार्थी र राजनीति गर्दै दाङमा बस्न थालेपछि प्युठानकै एञ्जला थापासँग विवाह गरेका हुन् । विसं २०४१ फागुन २२ गते उनको मागी विवाह भएकोे हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...