News Portal

रेडियो सुन्नुहोस्

प्रकाण्ड लगायतका नेता, कार्यकर्ता गिरप्तारीको विरोधमा प्यूठानमा पनि कोणसभा

सिखबर संवाददातासाउन २५ प्यूठान
१०५७ पटक
साउन २५ प्यूठान

नेपाल कम्युनिष्ट पार्टी प्यूठानले पार्टी प्रवक्ता एवम् स्थायी समिति सदस्य खडक बहादुर बिश्वकर्मा (प्रकाण्ड) लगायतका नेता कार्यकर्ता हरूको गैह्रन्यायिक गिरफ्तारी को विरोधमा आज प्यूठानमा कोणसभा सम्पन्न गरेको छ। प्यूठानको माण्डवी गाउपालिका चकचकेमा आयोजित कोणसभालाई जिल्ला सचिवालय सदस्य एवम् स्वर्गद्वारी नगरपालिका ईन्चार्ज गिरू प्रसाद भुसाल (परिवर्तन) लगायतका नेताहरु ले सम्बोधन गरेका थिए। कोणसभा लाई सम्बोधन गर्दै सरकारले शान्तिपूर्ण रूपमा सभा सम्मेलन गर्न पाउने संवैधानिक हक लाई समेत प्रतिबन्ध लगाउन खोजेर फासिवादी चरित्र उदाङ्गो पारेको बताए।
विना कारण गिरफ्तार गरिएका पार्टी प्रवक्ता खडक बहादुर बिश्वकर्मा लगायतका नेता कार्यकर्ता हरुलाई बिना शर्त रिहा को माग गर्दै रिहा नगरिए शशक्त प्रतिवाद गर्न समेत आफ्नो पार्टी तयार रहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी ले आफ्नो पार्टीका नेता कार्यकर्ता रिहाईको लागि चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको उक्त पार्टीले श्रावण २९ गते नेपाल बन्दको आयोजना गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...