News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको नेतृत्व कस्को भागमा ?

झुलेनी पोष्ट संवाददाता२०७९ बैशाख २५
११३४ पटक
२०७९ बैशाख २५

अबको पाँचौं दिन मतदाताहरू स्थानीय तहमा आफ्ना प्रतिनिधि चुन्न यतीबेला लाइनमा हुनेछन् । गाउँघरमा चुनावको सरगर्मी बढ्दो छ, उम्मेदवारहरूले घरदैलो गर्नेदेखि सामाजिक सञ्जालका भित्ता रंग्याउने सम्मका कामलाई तीव्रता दिएका छन् । ठूला दलका नेताहरूले गाडीमा ठूला ठूला झण्डा राखेर आफ्ना पक्षमा गितहरु घन्काउदै गाउँगाउँ चाहारीरहेका छन् । चुनाव नजिकिँदै जाँदा उनीहरू आ आफ्ना दल र उम्मेदवारका पक्षमा मतदातालाई आकर्षित गर्न जोडतोडले लाग्नु स्वाभाविक हो । यसले चुनावी रौनक पनि बढाएको छ ।

प्यूठानमा विभिन्न स्थानमा भएका गठबन्धन वा एमालेका चुनावी अभियान हेर्दा सबैजसो स्थानमा कडा प्रतिश्पर्धा देखिन्छ । एमाले पहिले आफूले जितेका स्थान कायम राख्दै थप स्थानीय तहहरुमा जित हात पार्नुपर्छ भन्ने दाउँमा छ । त्यसै अनुसार केन्द्रदेखि जिल्ला तहका नेता कार्यकर्ता लागेका छन् । भने सत्ता गठबन्धन दलहरु गठबन्नधनका उम्मेदवारहरुलाइ जिताएर प्यूठानमा नेकपा एमालेलाई िनल पार्ने दाउँमा छन् ।
कुनै समय नेकपा मसालको गड मानिने प्यूठानमा पहिलो पटक उसको चुनाबी मोर्चा राजमो नेपाली कांग्रेसको वैशाखी टेकेर निर्वाचनमा होमीएको छ । राजमोका नेताहरु पहिलो पटक नेपाली कांगेसको चुनाव चिन्ह रुखमा भोट खसाल्दै छन् । कुनै स्थानीय तहमा उम्मेदवारनै बनेर रुखमै भोट माग्दै हिँडेका छन् । प्यूठान नगरपालिकामा यसअघि माओबादीसंग चुनावी तालमेलमा उपमेयर पदमा उम्मेदवार बनेका राजमो नेता धु्रर्व थापा प्यूठान नगरपालिका वडा नम्बर ७ को सदस्य पदमा गठबन्धनबाट उम्मेदवार बनेर रुख चिन्हमा भोट माग्दै हिंडेका छन् ।

प्यूठान जिल्लाको मुटु मानीने प्यूठान नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुख पद गुमाएपनि धेरै वडाको नेतृत्व सहित कार्यपालिकामा एमालेले बहुमत जित हात पारेको थियो । यहाँ त्यो निर्वाचनमा माओबादी र राजमोको गठबन्धनबाट मेयर अर्जुन कुमार कक्षपति निर्वाचित भएका थिए । उनी जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचित भएको चर्चा थियो । त्यतिबेला उप प्रमुखमा एमालेकी नेतृ शान्ता आचार्य विजयी भएकी थिइन । एमालेका तत्कालिन अध्यक्ष तुल्सिराम शर्मा मेयर पदमा परारजित भएका थिए ।

यो निर्वाचनमा एमाले पार्टी अध्यक्षनै उम्मेदवार बनेकाले १० वडामध्य धेरै वडाको नेतृत्व सहित मेयर उपमेयर पदमा जित हात पार्ने योजना सहित निर्वाचमा होमिएको छ एमाले । गठबन्धन दलहरु एमालेलाई हराउने रणनीतिमा छन्  । सत्ता गठबन्धनका तर्फबाट माओबादीका विष्णु योगी प्रमुखमा र नेपाली कांग्रेसका देवेन्द्र बर्मा उपप्रमुखका उम्मेदवार बनेका छन् । एमालेबाट प्रमुखमा बिजयबिराज विष्ट र उपप्रमुखमा पवित्रा जिसी मैदानमा छन् । यस अघिको निर्वाचनको आँकडालाई आधार मान्दा सत्ता गठबन्धन उम्मेदवार बलियो देखिन्छन् । तर,कार्यकर्ताले गठबन्धनलाई आत्मसात गरेको पाइदैन । दलका जिल्ला स्तरीय नेताहरुले गठबन्धन गर्ने बित्तिकै स्थानीय कार्यकर्ताले स्वीकारेका छैनन् । वडाहरुकमा बागी उम्मेदवार बनेका छन् । जनमनमा गठबन्धन नभएको अवस्थामा निर्वाचनको परिणाम जे पनि आउन सक्छ । प्यूठान नगरपालिकामा दुई स्वतन्त्रसहित १ सय ४८ उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुखमा ४ र उपप्रमुख पनि ४ जना छन् । प्यूठान नगरपालिकामा यसपालि २९ हजार ८ सय ८६ मतदाता छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...