News Portal

रेडियो सुन्नुहोस्

जीवनकाे रङ्ग : बिरुवा बेचेर लाखौँ आम्दानी

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ श्रावण ०४, प्यूठान
१०३१ पटक
२०७९ श्रावण ०४, प्यूठान

गौमुखी गाउँपालिकामा एक दम्पतीले बिरुवा उत्पादन तथा बिक्री गरेर लाखाैँ आम्दानी गर्दै आएका छन् । गौमुखी गाउँपालिका ६ लिवाङका २८ वर्षीय पदमबहादुर केसी र उनकी पत्नी २४ की मिठा कुमारी केसीले गाउँमै बसेर विरुवा उत्पादन गरी बिक्री गरेर राम्रो आम्दानी गर्ने गरेका हुन् । उनीहरुले मिठाको नाममा महिला उद्यमी फलफुल, जडिबुटी तथा डालेघाँस नामक नर्सरी फर्म दर्ता गरेको करिव ४ वर्ष पुग्यो । आफ्नै जग्गाको ८ रोपनीमा विरुवा उत्पादन गर्दै आइरहेकी छिन । फर्म दर्ता पक्रिया पुरा हुने वित्तिकै डिभिजन वन कार्यालय प्यूठान मार्फत १ लाख रुपैयाँ अनुदान पाएको मिठा बताउँछिन । केही समय अघि एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानबाट पनि १ लाख ६० हजार प्रोत्साहन स्वरुप अनुदान पाएको उनी बताउँछिन । बिहान उठेदेखि साँझ नसुत्दासम्म उनी र उनका श्रीमान नर्सरीमै व्यस्त हुन्छन् । बिरुवा लगाउने, काटछाँट गर्ने, सिँचाइ गर्ने, नराम्रो बिरुवा हटाउने काममै उनको दिनचर्या बित्ने गरेको छ । उनको परिवारमा उनी, उनको श्रीमान, ७३ वर्षका बुबा रामबहादुर केसी, ७५ वर्षीय आमा मनि केसी, ६ वर्षीय १ छोरी र २ वर्षका १ छोरा गरी ६ जनाको सानो परिवार छ ।

उनको नर्सरीमा सिजनको बेला अन्य व्यक्तिले पनि काम पाउने गर्दछन । उनको यस नर्सरीमा जडिवुटी, फलफुल, डाले घाँस र भुँइ घाँसका विउँ विरुवा उत्पादन हुन्छ । उनले यस वर्ष १ लाख ५० हजार भन्दा बढी विरुवा उत्पादन गरेर बिक्रि समेत गरेकी छन ।

डाले घाँसमा राइ खन्यु, किम्बु, इन्दु, बर्डर, भटमासे, टाँकी, रानी कमल उत्पादन गर्छिन । भुँइ घाँसमा रेव निपियर, सुपर निपियर, स्मार्ट निपियर, हाइब्रिड निपियर, सि.ओ.फोर निपियर र सि.ओ.थ्री निपियरका विरुवा उत्पादन गर्ने गरेका छन् । जडिवुटी तर्फ हालसम्म टिमुरका विरुवा वढी मात्रामा माग रहेको उनी बताउँछिन । यस वर्ष टिमुरका १५ हजार विरुवा विक्री भएको थियो भने करिब १० हजार विरुवा बाँकी रहेको उनीहरु बताउँछन् । यसवर्ष १५ लाख रकम बरावरको विरुवा बेचेको मिठाले बताइन ।

यसको साथै उनीहरुले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएको पनि आधा दशक भन्दा बढी भैसकेको छ । बाख्रापालनमा घाँसको समस्या हुने भएको कारण उनको दम्पतीले घाँस तथा घाँसका विरुवाको व्यापार गर्ने योजना बनाएको मिठाले बताइन । हाल उनको घरमा ४५ वटा बाख्रा छन । ‘श्रीमती, बुवा र आमाले बाख्रा चराउने र घाँस काट्नुहुन्छ, मैले गोठ र मार्केटिङको काम गछुँ’, पदमले झुलेनी पोष्टसँगको कुराकानीमा भने । सुरुका २ वर्षमा आम्दानी नहुँदा हरेश खाने स्थितीमा पुगेको उनको भनाई छ । ‘व्यवसाय थालेको दुई ढाइ वर्ष हुँदासम्म आम्दानी भएको थिएन’, उनले भने, ‘लगानी बढ्दा बोका पाठा बिक्रि नहुँदा चक्कर लागेको थियो ।’ अहिले भने यो पेशाबाट घर परिवार सहित आफू सन्तुष्ट रहेको उनी बताउँछन् । सुरुमा ८ वटा पाठा, पाठी र बोका बिक्रि गर्दा २ लाख ५० हजार नाफा हुँदा खुबै सन्तुष्ट मिलेको उनको पहिलो अनुभव छ । बाख्रापालनसँगै उनले घाँस र विरुवाको नर्सरी खेती पनि गरीरहेका छन् । ‘नर्सरी खेती थालेको पनि ४ वर्ष पुगेछ, दुबै बाट आम्दानी बढेकोले खुसी छुँ’, उनले भने । बाख्रापालन भन्दा नर्सरीबाट रस परेको उनी बताउँछन् । प्रत्येक वर्ष नर्सरीका बिरुवा बिक्रि हुने भएकाले आम्दानी पनि बढेको छ । आगामी वर्षको लागि थप कागती र अंगुरको बिरुवा उत्पादनको तयारी रहेकोे मिठाले बताइन ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...