News Portal

रेडियो सुन्नुहोस्

जीवनकाे रङ्ग : जाँगर भए रोजगारी गाउँमै भेटिन्छ

च्याउखेति गर्ने पोख्रेलले कमाउछिन दैनिक एक हजार

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ श्रावण १८, प्यूठान
७२३ पटक
२०७९ श्रावण १८, प्यूठान

पौरख गर्नको लागि धेरै टाढा जानु पर्दैन । घर वरिपरि आम्दानीका स्रोतहरु थुपै्र भेटिन्छन् । मल्लरानी गाउँपालिका ४ खलंगाकी ४१ वर्षीय सपना पोख्रेलले सबैलाई यो उदाहरण प्रस्तुत गरेकी छन् । उनको कुइनोभन्दा तल दुवै हात छैनन् । इच्छा शक्ति भएपछि शारिरिक रुपमा अशक्तताले केहि फरक नपार्ने उनी बताउछिन् ।

पोख्रेलले सपना च्याउ उद्योग नामक घरेलु उद्योग खोलेको ५ वर्ष भइसक्यो । उनी यसैमा रमाएकी छन् । उनले अरु सरह कमाई गरिहेकी छन् । शारिरीक अपांगता भएका व्यक्ति कमजोर छैनन् भन्ने यो बलियो उदारण बनेकी छन् । उनी जन्मजात शारिरिक रुपमा अशक्त महिला हुन् । जाडो समयमा ४५ दिनमा तयार हुने कन्य जातको च्याउले गर्मीको मौसममा महिना भित्रै उत्पादन दिने गर्दछ । यो बिक्री गरेर उनले दैनिक औसतमा १ हजार रुपैयाँ कमाउछिन् ।

नेपालगञ्ज तालिम केन्द्र खजुरा बाँकेबाट उनले च्याउ खेती सम्बन्धी १० दिने तालिम लिएपछि १० हजार लगानीमा च्याउ खेती सुरु गरेकी थिइन । च्याउ खेती सुरु गर्ने समयमा मल्लरानी गाउँपालिकाले सो खेती गर्नका लागि अनुदान स्वरुप एउटा टहरो निर्माण गरिदिएको बताइन् । यसका साथै सो तालिम केन्द्रले ३० हजार रुपैयाँ रकम अनुदान दिएको थियो ।

घरेलु तथा सानाउद्योग कार्यालय प्यूठानले १ लाख बराबरको पराल काट्ने मेसिन समेत अनुदान स्वरुप उपलब्ध गराएको पोख्रेलले बताइन । उनले एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयबाट समेत ८० हजार रुपैया रकम अनुदान पाइकी छन् । अनुदान पाएपछि उनमा उर्जा थपीएको छ । सपनाले च्याउको सीजनमा ६ महिनाको लागि १ जना कामदार समेत राख्ने गर्दछिन् । ‘हात गोडामा एलर्जी आउँछ ,’ उनले भनिन् ‘त्यसैले १ जनालाई दैनिक ५ सय ज्यालामा ६ महिनाको लागि पराल काट्न कामदार राख्ने गरेकी छु ।’ च्याउ खेतिमा मात्र होइन उनले महिला जागरण बहुउदेश्य सहकारी संस्था खलंगामा दैनिक बचत उठाउने जागिर समेत गर्दै आइरहेकी छिन । एसएलसीसम्म पढाई पूरा गरेकी उनले यो काम पनि राम्रोसंग सम्पादन गर्दै आएकी छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

निर्माण व्यवसायी सङ्घ प्यूठानमा श्रेष्ठ निर्वाचित

निर्माण व्यवसायी सङ्घ प्यूठानको अध्यक्षमा नवीन कुमार श्रेष्ठ सर्वसहमत निर्वाचित भएका छन्।...

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ लाई पदबाट बर्खास्त

मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी...

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री बन्दै

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । सोमबार विद्या भट्टराईले पदबाट...

बढ्न थाल्यो गर्मी, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी

देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।...

१२ कक्षाको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।...