News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय भूमि आयोग र स्थानीय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर

झुलेनी पोष्ट२०७९ साउन २४, प्यूठान
५५३ पटक
२०७९ साउन २४, प्यूठान

राष्ट्रिय भूमि आयोग र स्थानीय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर भएको छ । मंगलबार जिल्ला समन्वय समिती प्यूठानको सभाहल खंलगामा भएको राष्ट्रिय भुमि आयोग र स्थानिय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर कार्यक्रममा जिल्लाका नौ वटै स्थानिय तहका जनप्रतिनिधीहरुले कार्यसहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय भूमि आयोगले स्थानीय तहसम्मै पुगेर भुमिहिन सुकुम्बासी, अब्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका मानिसहरुको लगत संकलन गर्नका लागी स्थानीय तहसँग कामगर्ने योजना अनुसार सहमति पत्रमा हस्ताक्षर गरिएको राष्ट्रिय भुमि आयोग प्यूठानले जनाएको छ । जिल्लाका ९ वटा स्थानिय तहमध्ये ७ स्थानीय तहहरुसगं कार्य सहमती पत्रमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा राष्टिय भुमि आयोगका सदस्य भैरवराज रेग्मिको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सीको विशेष आथित्यता एवम् पालिकाका जनप्रतिनिधिहरु लगाएतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

निर्माण व्यवसायी संघको नयाँ कार्यसमिति निर्वाचित

निर्माण व्यवसायी संघ प्यूठानको नयाँ कार्यसमिति निर्वाचित भएको छ । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिव...

निर्माण व्यवसायी सङ्घ प्यूठानमा श्रेष्ठ निर्वाचित

निर्माण व्यवसायी सङ्घ प्यूठानको अध्यक्षमा नवीन कुमार श्रेष्ठ सर्वसहमत निर्वाचित भएका छन्।...

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ लाई पदबाट बर्खास्त

मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी...

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री बन्दै

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । सोमबार विद्या भट्टराईले पदबाट...

बढ्न थाल्यो गर्मी, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी

देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।...