News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय भूमि आयोग र स्थानीय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर

झुलेनी पोष्ट२०७९ साउन २४, प्यूठान
८११ पटक
२०७९ साउन २४, प्यूठान

राष्ट्रिय भूमि आयोग र स्थानीय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर भएको छ । मंगलबार जिल्ला समन्वय समिती प्यूठानको सभाहल खंलगामा भएको राष्ट्रिय भुमि आयोग र स्थानिय तहबिच कार्यसहमति पत्रमा हस्ताक्षर कार्यक्रममा जिल्लाका नौ वटै स्थानिय तहका जनप्रतिनिधीहरुले कार्यसहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय भूमि आयोगले स्थानीय तहसम्मै पुगेर भुमिहिन सुकुम्बासी, अब्यवस्थित रुपमा बसोबास गर्दै आइरहेका मानिसहरुको लगत संकलन गर्नका लागी स्थानीय तहसँग कामगर्ने योजना अनुसार सहमति पत्रमा हस्ताक्षर गरिएको राष्ट्रिय भुमि आयोग प्यूठानले जनाएको छ । जिल्लाका ९ वटा स्थानिय तहमध्ये ७ स्थानीय तहहरुसगं कार्य सहमती पत्रमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा राष्टिय भुमि आयोगका सदस्य भैरवराज रेग्मिको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सीको विशेष आथित्यता एवम् पालिकाका जनप्रतिनिधिहरु लगाएतको उपस्थिती रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...