News Portal

रेडियो सुन्नुहोस्

नेरेसोद्वारा विद्यालयलाई ट्याङ्की वितरण

झुलेनी पोष्ट२०७९ भदौ ४, प्यूठान
५७१ पटक
२०७९ भदौ ४, प्यूठान

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विद्यालयहरुलाई हिल ट्याङ्की वितरण गरेको छ । शाखाले प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिका अन्तर्गतका ८ वटा सामुदायिक विद्यालयहरुलाई ५सय लिटर क्षमताको १÷१ थान हिल ट्याङ्की वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले जनाएको छ ।

समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको आयोजना र जापानिज रेडक्रसको आर्थिक सहयोगमा हिल ट्याङ्की वितरण गरिएको हो ।

शुक्रबार शाखाका सभापती गुमानराज पुलामीले नगरपालिका तथा गाउपालिकाका प्राधानाध्यापकहरुलाई हिल ट्याङ्की वितरण गरेका हुन् ।

हिल ट्याङ्की वितरण गरिएको विद्यालयहरु
१.शारदा आ.वि. प्यूठान न.पा.३ सापडाँडा
२.भुमेथान प्रा.वि प्यूठान न.पा.३ ओखरबोट
३.शिद्ध मा.वि. प्यूठान न.पा.५ जुम्रीकाँढा
४.जनता मा.वि.प्यूठान न.पा.५ बाँस्वोट
५.ठण्डा आ.वि. नौबहिनी गा.पा.३ सारिबाङ
६. ने.रा.प्रा.वि.नौबहिनी गा.पा.३ काँइया
७. सिद्धेश्वरी प्रा.वि. नौबहिनी गा.पा.३ ढाक्लाङ
८.ठाकुर भूमि प्रा.वि. नौबहिनी गा.पा.८ फोप्ली

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...