News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा स्वास्थ्य शिविरबाट २ सय बढिले सेवा लिए

बिबश जि.एम२०८० कात्तिक १६
७०२ पटक
२०८० कात्तिक १६

गौमुखी गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा २ सय बढिले स्वास्थ्य सेवा लिएका छन् । बिहिबार गौमुखी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा १ सय १२ जना मानसिक रोग तथा अन्य १ सय १८ गरि जम्मा २ सय ३० जनाले स्वास्थ्य शिविरबाट सेवा लिएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

गाउँपालिकामा धेरै जसो मानसिक रोग भएका व्यक्तिहरु भएको हुँदा त्यसैलाई मध्यनजर गरी शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा संयोजक हरिप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार शिविरबाट जिल्ला बाहिर रेफर गर्नको लागि जटिल अवस्था भएका मनरोगका ७ जना व्यक्तिहरुलाई पहिचान गरिएको छ । यस अघि २ जना मनरोगका विरामीहरुलाई जिल्ला बाहिर रेफर गरी उपचार गराइएको पनि संयोजक जैसीले जानकारी दिए ।

गौमुखी गाउँपालिकाको आयोजना, मानसिक रोग अस्पताल लगनखेल काठमाडौं, प्यूठान अस्पतालको प्राबिधि सहयोग तथा स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा शिविर कार्यक्रम भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...