News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा स्वास्थ्य शिविरबाट २ सय बढिले सेवा लिए

बिबश जि.एम२०८० कात्तिक १६
४९८ पटक
२०८० कात्तिक १६

गौमुखी गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा २ सय बढिले स्वास्थ्य सेवा लिएका छन् । बिहिबार गौमुखी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा १ सय १२ जना मानसिक रोग तथा अन्य १ सय १८ गरि जम्मा २ सय ३० जनाले स्वास्थ्य शिविरबाट सेवा लिएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

गाउँपालिकामा धेरै जसो मानसिक रोग भएका व्यक्तिहरु भएको हुँदा त्यसैलाई मध्यनजर गरी शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा संयोजक हरिप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार शिविरबाट जिल्ला बाहिर रेफर गर्नको लागि जटिल अवस्था भएका मनरोगका ७ जना व्यक्तिहरुलाई पहिचान गरिएको छ । यस अघि २ जना मनरोगका विरामीहरुलाई जिल्ला बाहिर रेफर गरी उपचार गराइएको पनि संयोजक जैसीले जानकारी दिए ।

गौमुखी गाउँपालिकाको आयोजना, मानसिक रोग अस्पताल लगनखेल काठमाडौं, प्यूठान अस्पतालको प्राबिधि सहयोग तथा स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा शिविर कार्यक्रम भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...