News Portal

रेडियो सुन्नुहोस्

बाग्दुला–मच्छी सडक स्तरोन्नति हुँदै

शशिधर भण्डारी२०८१ मङ्सिर ७
७८८ पटक
२०८१ मङ्सिर ७

प्युठानको बाग्दुला–मच्छी सडक खण्ड स्तरोन्नति थालिएको छ ।

बुधवारदेखि  दैनिक ११ घण्टा सडक बन्द गरेरै स्तरोन्नति गर्न लागिएको छ ।

२३ दिनसम्म ११ घण्टा सडक बन्द गरेर काम गरिने भएको हो ।

सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय प्युठानले सूचना जारी गरेर सडक अवरुद्ध हुने जनाएको छ ।

कार्यालयका सिनियर डिभिजनल इन्जिनियर बिसुन दास लामाका अनुसार बाग्दुला–मच्छी क्षेत्रमा  आउँदो मङ्सिर २८ गतेसम्म दिनहुँ बिहान ५ बजेदेखि ९ बजे सम्म,बिहान ११:३० बजेदेखि दिउसो २ बजे सम्म र बेलुका ४:३० देखि अर्को दिन बिहान ९ बजेसम्म  सडक बन्द रहने छ ।

५७ लाख ५ हजार ९ सय ६१ रुपैयाँ लागतमा सिराफ विल्डर्स एण्ड सप्प्लायर्स भक्तपुरले ठेक्का प्रक्रियाद्वारा काम थालेको हो । जसअन्तर्गत सडक खण्डको साँघुरो, अप्ठ्यारो बाटो र घुम्तीलाई फराकिलो बनाउने स्टिमेट रहेको कार्यालयले जनाएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...