News Portal

रेडियो सुन्नुहोस्

छेडियो नंगेनीभिर, खुल्यो मैरामारे–जुम्रीकाँढा सडक

झुलेनी नेटवर्क२०८२ जेठ ९
१५२८ पटक
२०८२ जेठ ९

प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले चन्दा सङ्कलन गरेर थालेको सडक १२ वर्षपछि खुलेपछि स्थानीय हर्षित छन् ।

वर्षौँदेखि खाम्म्रीबास स्थित नंगेनीभिरको पहरो छेड्न नसकेर अड्केको सडक ब्रेकरले पहरो फोरेपछि खुलेको नौबहिनी गाउँ‘पालिका ७ का वडाध्यक्ष रोम प्रसाद बुढाथोकीले बताए ।

उनले सडक निर्माणपछि  मैरामारे, खाम्म्रीबास क्षेत्रका स्थानीयलाई जिल्ला अस्पताल बिजुवार पुग्न र उपभोग्य बस्तु ओसारपसारमा सहजता हुने बताए । रोल्पाको सिर्प, जुतुङखोलाका स्थानीयले समेत सडकबाट लाभ लिने उनले बताए ।

मैरामारेदेखि खाम्म्रीबाससम्म सडक खोल्न गाउँ‘पालिकाले विभिन्न पटक गरी झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च गरेको वडाध्यक्ष बुढाथोकीले बताए ।   पालिकाको यस वर्ष १९ लाख रुपैयाँ विनियोजन गरेर ठेक्का मार्फत सडकमा काम गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए ।

स्थानीयले पैदल नुन बोक्ने सडक मोटर गुड्ने बनाउने भन्दै स्थानीय २०७८ सालमा ५÷५ हजार चन्दा सङ्कलन गरेर बाटो निर्माण थालेका थिए । सडकको शुक्रवार एक कार्यक्रम गरी पालिका अध्यक्ष दिलबहादुर थापाले उद्घाटन गरेका छन् । सडक खुलेपछि क्षेत्रका स्थानीय हर्षित भएर नाचगान गरेको  थापाले बताए । ‘पालिकाको दुर्गम बस्तीमा पुग्ने सडकको ट्याक ओपन भएको छ,’ थापाले भने,‘नियमित सवारी चल्ने सडकको लागि पहल गरिने छ ।’ सडक खुलेर स्थानीयको वर्षौँको सपना पूरा भएको स्थानीय मोतीराम बुढाथोकीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...