News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीमा खोलाले बगाउँदा बालक बेपत्ता

झुलेनी नेटवर्क२०७९ असाेज २०
५४४ पटक
२०७९ असाेज २०

ऐरावतीमा खोलाले बगाउॅदा एक जना बालक बेपत्ता भएका छन् । ऐरावती गाउँपालिका ५ स्थित जाडिखोलाले बगाउँदा स्थानीय ५ वर्षीय शुशन केसी बेपत्ता भएका हुन् । बुवा विष्णुबहादुर केसीसंग हिजो दसैंका दिन खोला तर्नेक्रममा बालकलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
ऐरावती ५ झिबाङ निवासी केसीलाई हर्नाघाटनबाट घर फर्कनेक्रममा खोलाले बगाएको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णु खड्काले जानकारी दिए । अस्ति रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको मुख्य प्रवेशद्धार भालुबाङ-प्यूठान सडक अवरुद्ध छ । सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
जिल्लाका भित्री सडकहरु बाग्दुला-मच्छि, बाग्दुला-बहाने, खलंगा- चुजाठाटी लगायत सडकहरु समेत अबरुद्ध छन् । स्थानीय सरकारसंग समन्वय गरेर सडक खुलाउने प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन । माडी, झिमरुक, जुम्री लगायत नदि तथा खोलामा पानीको बहाब निकै बढेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...